Logo

काठमाडौँबाट लुक्लाका लागि उडेकाे तारा एअरकाे जहाजकाे झ्याल खस्याे



सोलुखुम्बु, २४ मंसिर । सोलुखुम्बुको लुक्लाका लागि उडेको तारा एअरको जहाजको झ्यालको सिसा खसेको छ ।

आइतवार काठमाडौँबाट कार्गो सामान लिएर तेन्जिङ हिलारी विमानस्थल लुक्लाका लागि उडेको ९ एन एलओ कलसाइन भएको जहाजको दायाँ भागको सिसा आकाशबाट जमिनमा खसेको हो ।

जहाज पूरै कार्गो सामानले भरिएकाले भित्रबाट सामानकाे चापले सिसा निस्किएको हुन सक्ने तारा एअर लुक्लाका स्टेशन इन्चार्ज अमृत मगरले जानकारी दिए । उनका अनुसार पाइलट अमित गुरुङ र कोपाइलट अल्फा लिमा श्रेष्ठले उडाएकाे जहाजमा चालक दलका ३ सदस्यमात्रै रहेका थिए । सिसा कुन ठाउँमा खस्यो भन्नेबारे यकिन हुन सकेकाे छैन ।

जहाज बिहान १० बजेर १ मिनेटमा लुक्ला विमानस्थलमा अवतरण भएको तारा एयरले जनाएको छ । जहाज अहिले लुक्लामै रहेको र मर्मतपछि केही दिनमा काठमाण्डौ फर्किने तारा एअरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्