Logo

एमालेको संकल्प यात्रा रोक्न खोजेको आरोपमा पूर्वमन्त्री किराँतीसहित १० जना पक्राउ



काठमाडौँ, २६ मङ्सिर । नेकपा एमालेको संकल्प यात्रा रोक्न खोजेको आरोपमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

संकल्प यात्रालाई कोशी प्रदेशमा रोक्ने घोषणापछि सडकमा उत्रिएका पूर्व मन्त्री गोपाल किराँतीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो ।

कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले बाटो अवरोध गर्न खोज्ने गोपाल किराँतीसहित १० जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको बताए ।

किराँतीलाई खोटाङको हलेसीबाट प्रहरीले पक्राउ गरेको हो । एमालेको मध्यपहाडी राजमार्ग केन्द्रीत संकल्प यात्रालाई रोक्न भन्दै पहिचान पक्षधरले पहाडी जिल्लामा बन्द आह्वान गरेका थिए ।

कोशी प्रदेशको पुननामाङ्कनको माग गर्दै संघर्षमा उत्रिएको प्रदेश १ पुन: नामांकन संयुक्त संघर्ष समितिले संकल्प यात्रालाई प्रदेशमा प्रवेश गर्न नदिने घोषणा गरेको थियो । सोही घोषाण अनुसार पहाडी जिल्लामा बन्द आह्वान गरेको छ । आन्दोलनकारीले एमालेको यात्रा रोक्नका लागि मध्यपहाडी लोकमार्गको ठाउँ-ठाउँमा रूख ढालेर अवरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्