भोजपुर, २८ मङ्सिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीका लागि सुरु गरिएको मिसन ८४ अभियान नेपाली जनताको भएको बताएका छन् ।
समृद्धिका लागि सङ्कल्प यात्राअन्तर्गत भोजपुरबाट फर्कने क्रममा जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकाको तिवारीभञ्ज्याङमा आयोजित भेटघाट कार्यक्रममा उनले एमालेले सुरु गरेको यस अभियान एमालेको मात्र नभएर नेपाली जनताको पनि भएको बताएका हुन् ।
अध्यक्ष ओलीले आफ्नो पार्टीले साढे तीन वर्ष सरकारको नेतृत्व गर्दा मुलुकमा विकास गरेको बताए । उनले सरकारमा जाने जुनसुकै पार्टी देशभक्त, विकासप्रेमी तथा सुशासनकाे पक्षमा हुनुपर्ने र भेद्भाव र पक्षपात नगर्ने चरित्रकाे हुनुपर्नेमा जोड दिए ।







