Logo

पक्राउ गरेर देखाउन राप्रपा अध्यक्ष लिङदेनको चुनौती



काठमाडौं, ०२ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिनुभएको छ ।

बुधवार पार्टीका नवनियुक्त केन्द्रिय सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले संविधान विरोधी पार्टीका नेतालाई सरकारले नोटिसमा राखेको समाचार देखेको भन्दै आफुलाई पक्राउ गरेर देखाउन चुनौती दिनुभएको हो ।

उहाँले आफूहरु संविधानले व्यवस्था गरेको गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको विरोधी भएको र यसको विपक्षमा उभिने बताउनु भयो । उहाँले आफुहरुले अराजकतामा भविष्य नखोजेको भन्दै अहिलेसम्म संयमता अपनाइरहेको बताउनु भयो । उहाँले यो संविधानले काम गर्न नसक्ने भन्दै विगतमा राम्रा कुराहरुलाई समेटेर दलहरुका बीचमा नविन समझदारीका साथ संशोधन गर्नुपर्ने बताउनु भयो ।

उहाँले संविधान पक्षधरहरुले जबरजस्त गरिरहेको आफुहरुले जनताको बलमा संविधान उल्ट्याउने चेतावनी दिनुभयो । उहाँले ढिलो चाँडो जनताले वर्तमान संविधान फाल्ने र त्यो अभियानको नेतृत्व राप्रपाले गर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्