Logo

साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्ने



काठमाडौं, १ कार्तिक । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न साढे ५ बजे सुरु हुने उद्घाटन खेलमा पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा नेपालसहित दक्षिण एसियाली सात राष्ट्र सहभागी हुनेछन् । जसमा समूह ‘ए’ मा भारत, पाकिस्तान र बंगलादेश तथा समूह बीमा नेपाल, श्रीलंका, माल्दिभ्स र भुटान छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार सबै टोली काठमाडौँ आइसकेका छन् ।

नेपालले कात्तिक २ गते भुटानसँग खेल्दै साफ च्याम्पियनसिपको सुरुवात गर्नेछ । त्यस्तै दोस्रो खेलमा ६ गते माल्दिभ्स र तेस्रो खेलमा कात्तिक ८ गते श्रीलंकासँग खेल्नेछ। दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। फाइनल खेल कात्तिक १४ गते हुनेछ।

नेपालले यसअघि सन् २०१९ मा विराटनगर र गतवर्ष काठमाडौंमा प्रतियोगिता आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्