Logo

बुद्ध एयरको विमानमा प्राविधिक समस्या, डाईभर्ट गरी काठमाडौँमा सुरक्षित अवतरण



काठमाडौं, १ कार्तिक ।  बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएको छ ।

बिहीबार बिहान उडान नम्बर १०० मा रहेको विमानको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएपछि विमानलाई डाईभर्ट गरी काठमाडौँ  विमानस्थलमा सुरक्षित अवतरण गराइएको बुद्ध एयरले जानकारी दिएको छ । अहिले विमानको प्राविधिक टोलीले चेकजाँच गरिरहेको बताइएको छ ।

बुद्ध एयरले यस बारेमा जानकारी दिँदै भनेको छ- ‘आज बिहान उडान नं 100, जहाज 9N-AJS मा दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई डाईभर्ट गरी काठमाडौँ  विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ । हाम्रो प्राविधिक टोलीले जहाजको चेकजाँच गरिरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्