झापा , १३ कार्तिक । लिङ्कन मन्टेश्वरी स्कुलले शुभ-दीपावलीको अवसरमा शुभकामना आदान(प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
झापाको बिर्तामोड-३ मा सञ्चालनमा रहेको सुविधा सम्पन्न मन्टेश्वरी स्कुलले मंगलबार विद्यालयल परिसरमा विद्यार्थीहरुसँग दीपावलीको शुभकामना साटासाट गरेको हो ।
तिहारसम्बन्धी बालबालिकाहरुलाई जानकारी गराउने उद्देश्यले स्कुलले शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरेको विद्यालयका सञ्चालक सरोज पौडेलले जानकारी दिनुभयो।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई तिहारमा खेलिने देउसीभैलो, सेल रोटी, भाइटिकासहित तिहारमा गरिने सांस्कृतिक परम्पराका विषयमा जानकारी गराइएको सञ्चालक पौडेलले बताउनुभयो ।
तिहार भनेको पटेका पटकाउने मात्र नभएर गीत संगीतमा रमाउँदै देउसी भैलो खेल्ने, आपसी भाइचारालाई स्थापीत गर्ने, सेलरोटी, ओखर जस्ता चिज खाने भनेर सन्देश दिन कार्यक्रम गरिएको सञ्चालक पौडेलले बताउनुभयो ।
शुभकामना आदान(प्रदान कार्यक्रममा बालबालिकाहरुलाई सप्तक संगीत विद्यालयका प्रशिक्षक सरोज वत्सलसहितको चार जनाको टोलीले गिटार, मादल, हर्मोनियमका माध्यमबाट संगीतमय देउसीभैलो समेत खेलाइएको थियो ।
उक्त स्कुलले प्रत्येक चाडवाडको बालबालिकाहरुलाई जानकारी दिन यसअघि पनि विभिन्न कार्यक्रम गर्दै आएको छ । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज, बडादशैं जस्ता चाडवाडमा पनि कार्यक्रम गरेको थियो ।