Logo

प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरो



काठमाडौं, २१ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाइरल ज्वरोको संक्रमण भएको छ ।

ओलीको निजी चिकित्सक डा. दिव्या सिंह शाहले भाइरल ज्वरो भएको पुष्टि गर्नुभयो। ‘घाँटीमा संक्रमण पनि भएको छ । पछिल्लो समय मौसम परिवर्तन हुँदा भाइरल ज्वरो संक्रमण भएको छ,’ डा. सिंहले भन्नुभयो, ‘अहिले उहाँको स्वास्थ्य अवस्था सुधार हुँदै छ । केही दिन आराम गर्न सुझाव दिएका छौं ।’

मंगलबार डेंगुको आंशकामा रगत परीक्षण गरिएको थियो । तर, उक्त रिर्पोट नेगेटिभ आएको डा। शाहले बताइन् । तर, अन्य कुनै पनि स्वास्थ्य समस्या नभएको डा. शाहको भनाइ छ ।

अहिले प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्