Logo

अर्जुनधारामा नकआउट फुटबल प्रतियोगिताको शुरु



झापा, १३ मंसिर । सामुदायिक सिर्जनशिल समाज झापा अर्जुनधारा–११ ले स्वास्थ्य लागि फुटबल नाराका साथ नकआउट फुटबल प्रतियोगिताको शुरु गरेको छ ।

देवनिया प्रगतिटोल खेल मैदानमा भएको दुई चरणको खेलमा आयोजक टिम साशिस फुटबल क्लबले खुदुनाबारी फुटबल क्लबलाई १ का विरुद्ध ४ गोल र धाइजन चाराली फुटबल क्लबले न्यु स्टार फुटबल क्लब बिर्तामोड ६ लाई २ का विरुद्ध ४ गोल गरि सासिस फुटबल क्लब अर्जुनधारा ११ र धाइजन चारआली फूटबल क्लब मेचिनगर सेमिफाइनलमा पुगेका छन् ।

खेल मंसिर १२, १३ र फाइनल १५ हुने प्रतियोगितामा आज स्यालडाँगी फूटबल क्लब र रातेखाल फुटबल क्लब साथै शनिश्चरे फुटबल क्लब र अन्तिम विकल्प फुटबल क्लब बिच खेल हुने आयोजक समितिका संयोजक अमित श्रेष्ठले जानकारी दिनुभयो ।

खेल निश्पक्ष रुपमा सन्चालन गर्न रेफ्री प्रबिण राई लाइन्स मेनमा दिपेन योङ्ग्याङ्ग र सन्दीप आङ्गभ्वाङ्ग फोर्थमा अनुश राई रहेका छन् । भएको खेलमा म्यान अफ द म्याज सासिसका समर्पण राना र धाइजन क्लबका बिजय राईलाई नगदसहित सम्मान गरिएको थियो ।

खेलमा प्रथम पुरस्कार १५ हजार र शील, ट्रफी दोस्रो पुरस्कार १० हजार र शील, ट्रफी र म्यान अफ द म्याच र बेस्ट गोल किपर, बेस्ट पिल्यर आदि पुरस्कार रहेको सस्थाका अध्यक्ष जगतबहादुर मगरले जानकारी दिनुुभयो।

कार्यक्रममा पुरस्कार खेल ब्यवस्थापनका लागि भातृ सस्था बन्दी सहायता नेपाल र सस्थाका युवा सदस्य अस्ट्रेलियाबाट निश्चल राना, राज मगर, दुबईबाट कन्चन राना मगर, गकुल सुब्बा, प्रकाश प्रधान, सौजन मुखिया ,कमल श्रेष्ठ,सन्जय सुसिलिङ्ग मगर र सुमन खवास स्थानीय युवा अभिभावकहरुको सहयोग प्राप्त भएको सचिब रन्जित परियारले जानकारी दिनुभयो।

उदघाटन कार्यक्रममा प्रमुख अतिथि जिल्ला खेलकुद समितिका अध्यक्ष प्रशान्त भण्डारीले खेलले स्वास्थ्य र अनुसाशित र रोजगारीसम्म हुने हुँदा युवालाई अभिभावक, स्थानीय क्लबलगायतले प्रोत्साहन गर्न जरुरी रहेको बताउनुभयो । जगतबहादुर मगरको अध्यक्षतामा सञ्चालित कार्यक्रममा बिशिष्ठ अतिथि वडा न ११ का अध्यक्ष खगेन्द्र इङ्गनाम, हेम अधिकारी, गोबिन तामाङ्ग लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्