Logo

अन्तर क्लब नकआउट फुटबल प्रतियोगिताको उपाधी अन्तिम विकल्पलाई



झापा, १७ मंसिर । सामुदायिक सिर्जनशिल समाज झापा अर्जुनधारा–११ ले संचालन गरेको अन्तर क्लब नकआउट फुटबल प्रतियोगिताको उपाधी अन्तिम विकल्प फुटबल क्लब बिर्तामोडले हात पारेको छ ।

देवनिया प्रगतिटोल खेल मैदानमा भएको फाइनल खेलमा अन्तिम विकल्प फुटबल क्लबले सालडागी फुटबल क्लब बिर्तामोडलालाइ ३(० गोल अन्तरले हराउदै उपाधी रक्ष गरेको हो । विकल्पको लागि दोस्रो हाफमा सुजन बिकले २ तथा रोहित न्यौपानेले १ गोल गरे ।

जीतसंगै अन्तिम विकल्प फुटबल क्लबका मेनेजर साइमन धमलाले १५ हजार नगदसहित सिल, ट्रफी र प्रमाणपत्र ग्रहण गरे भने उप बिजेता सालडागी फुटबल क्लब बिर्तामोडले १० हजार नगदसहित सिल, ट्रफी र प्रमाणपत्र क्लबका मेनेजर रबिन गुरुङ्गले ग्रहण गरे ।

फाइनल खेलमा अन्तिम विकल्प क्लब बिर्तामोडका वेस्ट गोलकिप्पर उपाधी निकेश यादव, वेस्ट मिड फिल्डर अशिम कार्की, म्यान अफ द म्याच सुजन बिक वेस्ट डिफेन्डर बिक्रम तामाङ्ग र हाइ स्कोरर सालडागी फुटबल क्लबका जर्सी न ५ का निसान चौधरी लगायतलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
खेल निश्पक्ष रुपमा सन्चालन गर्ने रेफ्री प्रबिण राई लाइन्स मेनमा दिपेन योङ्गयाङ्ग लिम्बु र सन्दीप आङ्गभ्वाङ्ग र फोर्थमा अनुश राईलाई नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो भने सहयोगी सस्था बन्दी सहायता नेपाल, अस्थायी प्रहरी पोस्ट बुटाबारी, प्रगति सामुदायिक बन उपभोक्त समूह, स्वार्गा किर्तन मंडली, बिदेशबाट युवा सदस्य निश्चल राना, राज मगर, कन्चन राना मगर, गकुल सुब्बा, प्रकाश प्रधान, कमल श्रेष्ठ, सन्जय सुसिलिङ्ग मगर स्थानीय सहयोगी सौजन मुखिया, विवेक बस्नेत, सुमन खवास लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला खेलकुद समितिका अध्यक्ष प्रशान्त भण्डारीले खेलले स्वास्थ्य र अनुसाशित र रोजगारीसम्म हुने हुँदा युवालाई अभिभावक, स्थानीय क्लबलगायतले प्रोत्साहन गर्न जरुरी रहेको बताए । त्यसै गरि बिशिस्ट अतिथि वडा न ११ का अध्यक्ष खगेन्द्र इङ्गनाम, जिल्ला खेलकुद समिति झापाका सदस्य एवम् झापा ११ का सचिब चेतामणि खनाल लगायतले बिजेता उपबिजेता खेलाडीहरुलाइ शुभकामना व्यक्त गर्नु भएको थियो । जगतबहादुर मगरको अध्यक्षता सञ्चालित कार्यक्रममा स्वागत खेल संयोगक अमित श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण सचीव रन्जित परियारले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्