Logo

एमाले केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने



काठमाडौं, २२ पुस । सत्तारूढ दल नेकपा (एमाले)को केन्द्रीय कमिटी को बैठक आज सोमबार पनि जारी रहनेछ ।

हिजोदेखि सुरू भएको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि बैठकमा छलफल हुनेछ ।

बैठक बिहान ११ बजेबाट पार्टी मुख्यालय च्यासलमा बस्नेछ ।

आजको बैठकमा राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आ(आफ्ना धारणा राख्नेछन् । आइतबारको बैठकमा अध्यक्ष ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्