झापा, २२ पुस । हल्दीबारी गाउँपालिका वडा नम्वर एकको कार्यालयले ७ सय २० घरधुरीलाई विधुतिय चुलो वितरण गरेको छ।
सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय महासंघको सहकार्यमा विधुतीय चुलो (इन्डक्सन) बितरण गरेको वडा नं १ का वडा अध्यक्ष देवीबहादुर थापाले जानकारी दिनुभयो।
बजार मुल्य ३ हजार ७७ रुपैयन रहेको चुलो वडावासीलाई १ हजार ७ रूपैयाँ लिएर वितरण गरिएको हो। वडावासीको ग्यासमा हुने मासिक खर्च घटाउन इन्डक्सन चुलो उपयुक्त हुने पालिका अध्यक्ष रविन्द्र लिङदेनले बताउनुभयो।
ग्यास को तुलनामा ५० प्रतिशत खर्च बचत हुने मिन थापाले जानकारी दिनुभयो ।
नेपाल सरकार बाट चुलो परिक्षण गर्ने संस्थाबाट रेस पास भएका ब्राण्डका भएकाले सुरक्षित रहेको पनि उहाले जानकारी दिनुभयो । २ हजार वाट तापशक्ति रहेको यो चुलोले सामान्य परिवारमा प्रतिमहिना ७५ युनिट मात्रै विधुत खपत हुने उहाले बताउनुभयो।
यसैगरी सुरूका ४ महिना सम्म सबै परिवारलाई १३७ रूपैयाँ छुट दिने र अति विपन्न वर्गका मानिसहरूलाई वडाका सिफारिशको आधारमा विधुतीय संरचना सुधार गर्न थप १६ सय ५० रूपैयाँ सम्म सहयोग गर्न सक्ने पनि जानकारी गराईएको थियो।
दाउरा तथा ग्यासको प्रयोग घटाउन तथा वातावरणीय प्रदूषण केही मात्रा मा भएपनि रोक्न इन्डक्सन उपयुक्त हुने अपेक्षा गरिएको छ।
वडा अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा वडा सदस्यहरू शान्ता शिवाकोटी, रूपा रसाइली, प्रकास कार्की र कुलबहादुर राई, राष्ट्रिय महासंघका फिल्ड अफिसर मिन थापा लगायतको उपस्थिति रहेको थियो।