झापा, २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विर्तामोडले पृथ्वीनारायण शाहको ३०३औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ छ । बिर्तामोडको दुर्गा मन्दिर प्राङ्गणमा राप्रपा बिर्तामोड नगर समितिले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
राप्रपा झापाका जिल्ला अध्यक्ष केशव ओझाले रक्तदान गरेर उद्घाटन गरेको कार्यक्रममा ४२ जनाले रक्तदान गरेका थिए ।
राप्रपा बिर्तामोड नगर अध्यक्ष लक्ष्मी गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई नेपाल रेडक्रस सोसाईटी बिर्तामोड उपशाखाले प्राविधिक सहयोग गरेको थियो ।