Logo

एमाले नेता ऐन महरविरूद्ध पक्राउ पुर्जी जारी



काठमाडौं, ९ माघ । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जबर्जस्ती करणीको मुद्धामा उच्च अदालत पाटनले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

पीडित महिला रश्मिलाकुमारी धामीको मुद्धामा सुनुवाई गर्दै उच्च अदालतका न्यायाधीश ब्रजेशकुमार प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले महरलाई पक्राउ गर्न पुर्जीसहितको आदेश दिएको हो ।

उनको पक्षमा अधिवक्ता सुरेन्द्र भण्डारी, इन्द्र अर्याल र अञ्जना अर्यालले बहस गरेका थिए । महरले आफूमाथि पटकपटक यौन शोषण गरेको ती महिलाको आरोप छ ।

यसअघि जबरजस्ती करणीको जाहेरी दिए पनि प्रहरीले दर्ता गर्न नमानेपछि उनी सरकारी वकिल कार्यालयमा पुगेकी थिइन् । तर जिल्ला सरकारी वकिल कार्यालयले जाहेरी तामेलीमा राख्ने निर्णय गरेपछि धामी महरलाई पक्राउ गरी अनुसन्धान माग गर्दै उच्च अदालत पाटन पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्