झापा, १८ माघ । दोस्रो स्वर्गीय कृष्णप्रसाद डागी स्मृति फुटबल प्रतियोगिता महारानीगन्ज मा बिको खेल मैदानमा सुरु भएको छ ।
बिहीबार भएको पहिलो खेलमा बालकल्याण आधारभूत बिद्यालय अर्जुनधारा ६ लाई सुन्यको विरुद्ध ५ गोल गरि जुनकीरी सार्वजनिक आधारभूत बिद्यालय अर्जुनधारा ११ ले बिजय हात पारेको थियो सो खेलमा ३ गोल रोसन हास्दा र १ गोल दिवस दर्जीले गरेका थिए भने म्यान अफ दि म्याचको उपाधी नगदसहित जुनकीरी बिद्यालयका कृष्ण ढकालले प्राप्त गरे भने दोस्रो खेल श्री कन्चनबारी आधारभूत अर्जुनधारा ५ लाई शन्यूको विरुद्ध ५ गोल लगाइ लक्ष्मी मा बिले बिजय हात पारेको थियो । सो खेलमा म्यान अफ दि म्याच लक्ष्मी मा बिका खेलाडी सतिस बिकले नगदसहित उपाधी प्राप्त गरेका थिए ।
अर्जुनधारा नगरपालिकामा रहेको ११ ओटा सामुदायिक बिद्यालय अन्तर्गत आधारभूत तह १-८ का छात्रहरु सहभागी हुने प्रतियोगिता माघ १७ देखी सुरु भइ माघ २५ गते फाइनल खेल हुने आयोजक महारानीगन्ज मा बिका प्रधानाध्यापक मनबहादुर लिम्बुले बताएका छ्न । गत बर्ष देखि आफ्ना स्वर्गीय बुबा कृष्ण प्रसाद डागीको स्मृतिमा अमेरिकामा रहदै आएका छोरा अरुणकुमार र यही नगरमा रहनु हुने भक्तकुमार डागीले बालबालिकाहरुको खेल प्रती चाहाना र प्रेरणाका लागि खेलाउदै आएको डागिले बताएका छन ।
प्रतियोगितामा प्रथम हुने बिद्यालयले रु बीस हजार र उप बिजेताले दस हजार नगदसहित ट्रफी सिल प्राप्त गर्ने कार्यक्रम संयोगक एवम् राष्ट्रिय रेफ्री ,प्रशिक्षक प्रदिप बस्नेतले बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा खेलकुद बिकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल बिशिस्ट अतिथि पुर्ब प्रअ हस्त परियार, बि ब्य स अध्यक्ष बोलप्रसाद कोइराला, जुनकीरी आ बिअका बि ब्य स अध्यक्ष जगत बहादुर मगर लगायतले स्वास्थ्य र आफ्नो क्षमता बिकासका लागि खेल भन्दै विद्यार्थीहरुको प्रतिभा र चाखलाइ सानै देखि उर्जागर गर्नु पर्छ र यस्ता कार्यक्रमहरु गर्नु आवश्यक रहेको भन्दै आयोजक र प्रायोजन गर्नु हुने डागी परिवारलाई धन्यवाद सहित बिजेता खेलाडीहरुलाइ शुभकामना व्यक्त गर्नु भएको थियो ।
महारानीगन्ज बालक्लवका अध्यक्ष सुहानी राजवशीको अध्यक्षमा संचालित कार्यक्रममा स्वागत बि ब्य स अध्यक्ष बोलप्रसाद कोइरालाले गर्नु भएको कार्यक्रमको सहजीकरण शिक्षक मणिलाल खड्काले गर्नुभएको थियो ।