झापा, २४ माघ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था ले १४ औं वार्षिक उत्सवको अबसर पारेर शैक्षिक सामाग्री बितरण गरेको छ ।
झापा, मोरङ, इलाम र पाँचथर जिल्लामा कार्यक्षेत्र रहेको सिम्रिक सहकारीले विभिन्न तीन वटा विद्यालयमा अध्यनरत विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरोको हो ।
सस्थाले विर्तामोड ६ मा अवस्थित सरस्वती माध्यमिक विद्यालयका सात सय बढी विद्यार्थीलाई स्कुल ब्याग, पाचथर नगरपलिका ४ मा रहेको सिद्धकाली प्राथमिक विद्यालयका विद्यार्थीलाई न्यानो पोशाक र भद्रपुर नगरपालिकामा रहेको महेशपुर आधारभुत विद्यालयका विद्यार्थीलाई स्कुल ब्याग बितरण गरेको छ ।
सरस्वती माध्यमिक विद्यालयमा आयोजीत कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख पबित्रा महतरा प्रसाईले विद्यार्थीलाई स्कुल ब्याग बितरण गर्नुभएको थियो ।
विद्यालयका प्रधानध्यापक दिपक लुईटेलले स्वागत गर्नुभएको कार्यक्रमा सस्थाका कार्यकारी प्रमुुख कमल बस्नेतले सहकारी सस्थाको विगत देखि हालसम्मका गतिबिधीको बारेमा प्रकाश पानुभएको थियो ।
सस्थाका अध्यक्ष सुबास भट्टराईले सामाजीक उत्तर दायित्व अन्तर्गत सामुदायिक विद्यालयका विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरीएको जानकारी दिनुभयो ।
कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख प्रसाईले सामजीक क्षेत्रमा सिम्रिक सहकारीले उेल्लेख्य योगदान गर्दे आएको चर्चा गर्दै आगामी दिनमा यस्ता सहयोगका कार्यक्रम बढेर जाने विश्वास व्यक्त गर्नुुभयो ।
कार्यक्रकमे संचालन विजय बस्नेतले गर्नुभएको थियो ।