Logo

नेपाल शिक्षक संघ अर्जुनधाराको नगर प्रतिनिधि सभा सम्पन्न



झापा,२६ माघ । नेपाल शिक्षक संघ अर्जुनधारा नगर समितिले नगर प्रतिनिधि सभा एवम् शिक्षक स्वागत सम्मान र बिदाइ कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नवआगन्तुक शिक्षक बिन्दा भण्डारी, चुडामणी बराइली, पासाङ्ग तामाङ्ग, नरेन्द्र प्रकाश थापा, बन्जु खुलाललाई स्वागत सम्मान गरिएको थियो भने दीर्घसेवि शिक्षक शिव कुमार दाहाल, धनपती दाहाल, कल्पना दाहाल र उपेन्द्र गौतमलाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।

त्यसैगरी नवनियुक्त प्रधानध्यपकहरु तोया ओलि, देबि प्रसाद बिष्ट र पुस्पलाल गिरिलाइ पनि प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल शिक्षक महासंघ झापाका अध्यक्ष नेत्र प्रसाद खरेल, बिशिस्ट अतिथि सूचना प्राविधि प्रदेश प्रतिनिधि रुपक दाहाल र सम्मानित ब्याक्तित्व कल्पना दाहाल लगायतले नगर प्रतिनिधि सभाले स्थानीय शिक्षकहरुको अपनत्व र जिम्मेवारीको बिकास सगै शिक्षकका विभिन्न समस्याको समाधान गर्न एकता बनाउदै जाने कुरामा लाग्न र सगठनात्मक बिकास सगै आउन लागेको शिक्षा विधेकले सम्पुर्ण शिक्षकको हितमा रहोस भन्दै सम्मानित शिक्षकहरुमा शुभकामना व्यक्त गर्नु भएको थियो ।

नेपाल शिक्षक संघ अर्जुनधाराकी अध्यक्ष सुजाता शिवाकोटी सापकोटाको अध्यक्षता संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष गङ्गा पोख्रेलले गर्नु भएको थियो भने सहजीकरण सचिव टन्क न्यौपानेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्