झापा, २६ माघ । दोस्रो स्वर्गीय कृष्णप्रसाद डागी स्मृति फुटबल प्रतियोगिता फाइनल खेलमा भानु मा बिलाइ हराउदै जनता मा बिले प्रथम स्थान हात पारेको छ ।
महारानीगन्ज मा बिको ६९ औं बार्षिक उत्सवको शुभ उपलक्ष्यमा अर्जुनधारा नगरपालिकामा रहेको ११ ओटा सामुदायिक बिद्यालय अन्तर्गत आधारभूत तह १-८ का छात्रहरु सहभागी प्रतियोगिता माघ १७ देखी सुरु भएको थियो भने माघ २५ गते फाइनल खेल सम्पन्न भएको प्रधानाध्यापक मनबहादुर लिम्बुले बताउनु भयो ।
फाइनल खेलमा भानु माबीलाई ० को विरुद्ध जनता मा बिका जर्सी न १० का जीवन राइले १ गोल लगाएर फाइनलमा बिजय गराएका थिए ।
खेलमा बेस्ट डिफेण्डर भानु मा बिका सुसान्त राई, बेस्ट कोलकिपर जनता माबिका उज्वल बिक,हाइस्वोरर जुनकीरी सार्वजनिक आ बिका रोशन हास्दा र म्यान अफ दि म्याच जनता माबिका जीवन राइ, म्यान अफ दि सिरिज भानु माबिका गोपाल मोहोराइ नगदसहित प्रमाणपत्र ट्रफी मेडल हस्तान्तरण गरिएको थियो ।
प्रथम हुने बिद्यालय जनता मा बिलाई नगद २० हजार सहित सिल्ड ट्रफी प्रमाणपत्र उपबिजेता भानु माबिलाइ नगद १० हजार र ट्रफी, सिल्ड, प्रमाणपत्र प्रमुख अतिथि जिल्ला फुटबल संघ झापाका अध्यक्ष भगिरथ आले ९मामा०ले एवम् प्रायोजक भक्त डागिले प्रदान गर्नु भएको थियो ।
गत बर्ष देखि आफ्ना स्वर्गीय बुबा कृष्ण प्रसाद डागीको स्मृतिमा अमेरिकामा रहदै आएका छोरा अरुणकुमार र यही नगरमा रहनु हुने भक्तकुमार डागीले बालबालिकाहरुको खेल प्रती चाहाना र प्रेरणाका लागि खेलाउदै आएको डागिले बताउनु भयोे ।
खेललाई रेफ्री अर्जुन किस्कुले बिवाद बिना संचालन गर्नुभएको थियो भने अतिथिहरु जुनकीरी आबि बि ब्य स अध्यक्ष जगत बहादुर मगर, महारानीगन्ज मा बि का बि ब्य स अध्यक्ष बोल प्रसाद कोइराला प्रमुख अतिथि भगरथ आले लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको सहजीकरण राष्ट्रिय रेफ्री प्रदीप बस्नेतले गर्नु भएको थियो ।