Logo

ऊर्जा राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त



काठमाडौं, १७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले खमबहादुर गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त गनुभएको छ ।

बुधबार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गर्बुजालाई राष्ट्रपति पौडेलले राज्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।

यसअघि १० वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गरेका थिए ।

गर्बुजा नेपाली काँग्रेस म्याग्दीका सभापति समेत हुनुहुन्छ । उहा प्रत्यक्षबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्