Logo

नन्दनले लिए डेब्यु विकेट



काठमाडौं,  २७ जेठ । नन्दन यादवले आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्सका ओपनर म्याक्स ओडोडको विकेट लिँदै एक दिवसीय अन्तर्राष्ट्रियमा डेब्यु विकेट लिएका छन्।

उनले ३.२ ओभरमा म्याक्सलाई ललित राजवंशीको हातमा क्याच गराउँदै एक दिवसीय अन्तर्राष्ट्रिय करिअरको पहिलो विकेट लिएका हुन्।

उनले सोमपाल कामी घाइते हुँदा नेपालको प्लेइङ ११ मा मौका बनाएका थिए।

१० रन भने नेदरल्यान्ड्सले पेनाल्टीको रूपमा उपहारस्वरूप पाएको हो।

प्रतिक्रिया दिनुहोस्