काठमाडौं, १० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान पूर्ण रूपमा युद्धविराम गर्न सहमत भएका बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत दुई देशबीचको युद्धविराम सहमतिले युद्धको अन्त्यतर्फ डोहोर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा स्टाटस लेख्दै दुई देश युद्धविराम गर्न सहमत भएको भन्दै ‘सबैलाई बधाई’ समेत दिनुभएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायल र इरानबीचको युद्धविराम १२ घन्टासम्म कायम रहने र त्यसपछि युद्ध अन्त्य भएको घोषणा गरिने बताउनुभएको छ ।