Logo

सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गर्ने विरुद्ध साइबर ब्युरोमा एलिनाको उजुरी



काठमाडौं, १६ असार । सामाजिक सञ्जालमा असभ्य र अशिष्ट व्यवहार गर्ने विरुद्ध गायिका एलिना चौहानले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिनुभएको छ ।

सामाजिक सञ्जालमा दुर्व्यवहार गर्नेमध्ये अहिले चार जनाविरुद्ध उजुरी दिएको एलिनाले बताउनुभयो ।

केही दिनयता गायिकाद्वय समीक्षा अधिकारी र एलिनाले सामाजिक सञ्जालमा आफूहरूको चरित्र हत्या गर्नेहरूको अकाउन्ट फेसबुकमार्फत सार्वजनिक गर्ने अभियान चलाइरहनुभएको छ । त्यसरी सार्वजनिक गरिरहँदा धेरैजसोले माफीसमेत मागेका छन् ।

यसका लागि एलिनाले आफ्ना निर्धारित कार्यक्रम स्थगित गर्दै केही कार्यक्रमको मिति सार्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्