Logo

झापाकी गंगा राई मृत्यु प्रकरणमा चार जनामाथि आत्महत्या दुरुत्साहन मुद्दा



झापा, ३२ असार । झापा अर्जुनधाराकी गंगा राई मृत्यु घटना सम्बन्धमा चार जनामाथि आत्महत्या दुरुत्साहन मुद्दामा कारबाही अगाडि बढाइएको छ ।

सामूहिक कुटाइबाट मृत्यु भएको पुष्टि नभएपछि उनीहरूमाथि आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरिएको हो । गत असार २४ गते राति अर्जुनधारा-४ भाङवारी घर भई हाल वडा नं ८ शनिश्चरे क्याम्पसनजिक प्रकाश गिरीको घरमा डेरा गरी बस्ने २२ वर्षीया राईको मृत्यु भएको थियो ।

सो घटनाका सम्बन्धमा भोजपुर रामप्रसादलाई गाउँपालिका-६ वैकुण्ठे घर भई अर्जुनधारा-८ बस्ने विश्व चौधरीको घरमा डेरा गरी बस्ने वर्ष ३१ वर्षीय रमेश भुसाल, उनकी श्रीमती ३२ वर्षीया सुस्मिता भुसाल, सोही ठाउँ बस्ने ५४ वर्षीया मैयाँ भनिने डम्बरकुमारी श्रेष्ठ र २४ वर्षीया मेनुका पाँचकोटेलाई पक्राउ गरी आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरिएको हो । असार २५ गते पक्राउ परेका उनीहरूमाथि अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्