Logo

हल्दिबारीमा अपाङ्गता भएका व्यक्तीहरूलाई तालिम सहित आवश्यक सामाग्री हस्तान्तरण



झापा, ६ साउन । हल्दीवारी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको जीवनयापनलाई सहज बनाउने उदेश्यले सामाग्री वितरण गरेको छ ।

पालिकाले आज (मंगलबार) अपाङ्गता भएका ११ जनालाई उनीहरुका माग अनुसारका सामाग्री वितरण गरेको हो ।

हल्दीबारी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तीहरूको जीवनयापन सहज बनाउन विभिन्न सिपमुलक तालिम दिएको थियो । उक्त तालिममा सहभागीहरुले आवश्यकता अनुसार माग गरिएका व्यवसायमा राहत मिल्ने खालका सहायता सामाग्री वितरण गरेको छ ।

उनीहरुलाई उक्त सामाग्री हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र), हल्दीबारी–४ का वडाध्यक्ष सन्तकुमार थापा, वडा नं. १ का वडाध्यक्ष देवीबहादुर थापा, योजना शाखा प्रमुख राजन न्यौपाने महिला तथा बालबालिका शाखा प्रमुख तृष्णा थापा,करूणा फाउन्डेसन कि कर्मचारी अनुष्का के सी लगायतले हस्तान्तरण गरेका थिए ।

उनीहरुलाई माग अनुसार सिलाई मेशिन, ठेला गाडी, डिजिटल काँटा, त्रिपल, सेकुवा बनाउने चुलो, एडभान्स मोवाइल बनाउने सामाग्री, इलेक्ट्रीसियन किट, इन्टरलक, सिलाई कटाई र शैक्षिक सामाग्री अन्तरगत कलर पेन्सिल, पेन्सिल, ब्रेल पेपर, व्यागलगायतका २ लाख ३० हजार मूल्य बराबरको व्यवसायमा राहत मिल्ने खालका सहायता सामाग्री वितरण गरिएको छ ।जीवनयापनलाई सहज बनाउने उदेश्यले सामाग्री वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्