काठमाडौं, २९ साउन । पशुपति आर्यघाटबाट हाटेसँग जलाउन तयार पारिएको लासको हड्डी किन्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
यसअघि विक्रि गर्ने दुई जना पक्राउ गरिएको थियो। उनीहरुलाई ७ दिनको म्याद थपेर केरकार गरेपछि खरिदकर्ता समेतलाई प्रहरी नियन्त्रणमा लिन सफल भएको छ।
प्रहरीले यसअघि साउन २३ गते पशुपति आर्यघाटको २ नम्बर चितामा जलाउँदै गरेको शवको हड्डी निकालेको ५ सय रुपैयाँमा बेचेको आरोपमा यसअघि २ जना पक्राउ परेका थिए।
यसअघि काभ्रेको मण्डनदेउपुर ५ घर भई काठमाडौँको गौरीघाट बस्ने गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल र उदयपुरको कटारी नगरपालिका ८ घर भई गोठाटार बस्ने २४ वर्षका विनायक मैनालीलाई पक्राउ गरेको थियो।
यसता मानव हड्डी अघोरीले किन्ने गरेको बताइन्छ। तन्त्रमन्त्रका लागि प्रयोग हुने अन्धविश्वास पनि छन्।