झापा, ३ भाद्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बिर्तामोडको नगर अधिवेशन सम्पन्न भएको छ ।
बिर्तामोडमा आज मंगलबार सम्पन्न अधिवेशनले इन्दिरा पाण्डेको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । पाण्डे विर्तामोड नगरपालीका वडा नम्वर आठको निर्वाचीत जनप्रतिनीधी समेत हुनुहुन्छ ।
राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन झापाकी अध्यक्ष शारदा रिजालको प्रमुख अथित्यता एवं राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका अध्यक्ष केशव ओझा, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन झापाकी पुर्व अध्यक्ष तथा भद्रपुर नगरपालीकाकी उपमेयर राधा कार्की, राप्रपा बिर्तामोडकी पुर्व नगर अध्यक्ष रन्जु प्याकुरेलको विशिष्ट अथित्यतामा आयेजीत समारोहमा तीज बिशेष कार्यक्रम समेत आयोजना गरीएको थियो ।
तीज बिशेष कार्यक्रममा महिलाहरुको उलेख्य रुपामा सहभागीता रहेको थियो । सो अबसरमा उनीहरुले तीज गित तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।