काठमाडौं, २६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जेनजीको सहयोगमा अन्तरिम सरकार गठन गर्न आग्रह गर्दै अभिभावकीय संस्थाका ठाउँमा राष्ट्रपतिका ठाउँमा राजा राख्नुपर्ने जिकिर गर्नुभएको छ।
उहाले लामो समयदेखि देशको समसामयिक राजनीतिक परिस्थितिको बारेमा दृष्टिकोण सार्वजनिक गर्दा धेरैले खिल्ली उडाएको उल्लेख गर्दै ‘जिम्मेवारहरूको गैर जिम्मेवार क्रियाकलापले गर्दा आज देशले अकल्पनीय र अपुरणीय क्षति बेहोर्नुपरेको’ पनि बताउनुभएको छ।
एक स्टाटसमार्फत उहाले वर्तमान संसद विघटन र संविधान खारेज गर्न पनि आग्रह गर्नुभएको छ।
उहाले लेख्नु भएको छ :
हामीले लामो समयदेखि देशको समसामयिक राजनीतिक परिस्थितिको बारेमा दृष्टिकोण सार्वजनिक गर्दा धेरैले खिल्ली उडाए, जिम्मेवारहरूको गैर जिम्मेवार क्रियाकलापले गर्दा आज देशले अकल्पनीय र अपुरणीय क्षति बेहोर्नुपर्यो।
यसमा जति नै दुःख व्यक्त गरेपनि कम हुन्छ।
अब: थप जनधनको क्षति हुन नदिन, मुलुकलाई दीर्घकालीन द्वन्दमा जान नदिन, वैदेशिक हस्तक्षेपबाट देशलाई जोगाउन तत्काल निम्न कार्यहरू गर्न जरुरी छ।
१, वर्तमान संसदको विगठन र संविधानको खारेजी
२, न्भल श्को सहमतिमा अन्तरिम सरकार
३, अन्तरिम संविधान
४, Gen Z आन्दोलनका दमनकारीहरू माथि तत्काल कारबाही
५, २०४६ सालपछिका सबै उच्च पदस्थ नेता कर्मचारी र तिनका नातेदारको समेत सम्पत्तिको छानबिन र कारबाही,
सुनिश्चितता गर्नुपर्ने :
-जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री
-प्रधानमन्त्री २ कार्यकाल भन्दा हुन नपाउने
-अभिभावकीय संस्थाको रूपमा राष्ट्रपतिको ठाउँमा राजा
-पूर्ण समानुपातिक संसद र सांसदले मन्त्री हुन नपाउने व्यवस्था।
-प्रदेशको खारेजी
-केन्द्र र बलियो स्थानीय तह भएको राज्य संरचना
-गैरदलीय स्थानीय तह
-न्यायालयमा पुननियुक्तिको व्यवस्था
-विधार्थी, कर्मचारी लगायतको यूनियनहरुको खारेजी
-जसले र जहिले गरेको भएपनि सबै भ्रष्टाचार काण्डहरूको स्वतन्त्र छानबिन
-पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दूराष्ट्र
-संवैधानिक अंगहरुमा दलीय सिफारिसमा होइन स्वतन्त्र र पारदर्शी नियुक्तिको व्यवस्था लगायत समग्रमा कसैले कसैलाई निषेध नगर्ने नेपाली संस्कृतिको मौलिक व्यवस्थाको निर्माण