
झापा, १९ असोज । लगातारको भारी वर्षाले एसियन हाइवेअन्तर्गत झापाका विभिन्न स्थानमा डाइभर्सन बगाएको छ ।
हिजो साँझदेखि आज बिहानसम्म आएको भारी वर्षाका कारण पानीको निकास नहुँदा डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्गको झापा खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय झापाले ले जनाएको छ ।
माइधार र दुधेबिचको डाइभर्सन बगाउँदा यात्रुहरु अलपत्र परेको जनाइएको छ । लामो दुरीका सवारी साधनहरुलाई हिजैबाट चल्न रोक लगाइएको छ ।
काँकडभिट्टाको काली खोलामा बनाइएको डाइभर्सनमा ओभरफ्लो भएर माथिबाट पानी बगिरहेको छ ।