काठमाडौं, २५ माघ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आज सुन ९ हजार ५ सय र चाँदी ३ सय रुपैयाँले मूल्य बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ५०० र चाँदीको मूल्य पाँच हजार १० कायम भएको छ ।
शुक्रबार एक तोला छापावाल सुन दुई लाख ९१ हजार र चाँदी चार हजार ७१० मा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ४६७ र त्यति नै परिमाणको सेतो धातु ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।







