Logo

सिक्किमको उपनिर्वाचनमा मुख्यमन्त्री गोले भारीमतले विजयी



सिक्किम, ७ कात्तिक । पूर्वोत्तर भारतको सिक्किममा भएको उपनिर्वाचनबाट मुख्यमन्त्री पिएस गोले निर्वाचित भएका छन् । उनलाई अब पाँच बर्ष मुख्यमन्त्री सम्हाल्ने बाटो खुलेको छ ।

सिक्किम क्रान्किारी मोर्चा (एसकेएम)का अध्यक्षसमेत रहेका मुख्यमन्त्री गोले दक्षिण सिक्किमको कामराङ क्षेत्रबाट निर्वाचित भएका हुन् । सिक्किमका तीनवटा सीटमा २१ अक्टोबरमा भएको उपनिर्वाचनको परिणामले मुख्यमन्त्री गोले विधायक भएका हुन् ।

कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको पोकलोक कामराङको उपचुनावमा गोलेले पवन चामलिङ नेतृत्वको एसडीएफ पार्टीका उम्मेदवार मोजेस राईलाई ८ हजार ७ सय २७ मतले पछि पार्दै निर्वाचित भएका हुन्। गोलेले १० हजार ५ सय ८५ मत प्राप्त गरे भने राईले जम्मा १ हजार ८ सय ५८ मत पाएका थिए।

एसकेएमले नाम्चीमा विजयी उत्सव मनाएको छ । उनकै नेतृत्वमा एसकेएमले यस वर्षको अप्रिल महिनामा भएको सिक्किम विधानसभाको निर्वाचन परिणाम उल्ट्याउँदै पवन चामलिङको २५ वर्षे शासनलाई सिक्किमको सत्ताबाट हटाएको थियो।

भ्रष्टाचार मुद्दामा एकवर्ष जेल सजाय भोगेका पीएस गोलेले जनप्रतिनिधि ऐन (पिपल्स रिप्रेजेन्टेटिभ एक्ट) अनुसार चुनाउ लडन पाएका थिएनन्। यद्यपि एसकेएमले जितेपछि संवैधानिक प्रावधानअन्तर्गत उनी राज्यका मनोनित मुख्यमन्त्री बनेका थिए ।

उपचुनाउको ठीकअघि भारतको निर्वाचन आयोगले चुनाउ लड्नका लागि गोलेमाथि लागेको प्रतिबन्धलाई घटाएर १३ महिना बनाएपछि चुनावमा उम्मेदवार बन्ने बाटो खुला भएको थियो। १० अगस्तका दिन जेलमुक्त बनेका गोलेको यो १३ महिने प्रतिबन्ध पछिल्लो महिना नै समाप्त भएको थियो।

अर्कोतिर मार्ताम–रूम्तेक निर्वाचन क्षेत्रमा भाजपा उम्मेदवार सोनाम भेन्चुङ्पा विजयी भनेका छन्। गान्तोक निर्वाचन क्षेत्रको मतगणना भने छ।

भारतको पश्चिम बंगालमा मार्क्सवादी कम्युनिस्ट पार्टीको ३० वर्ष शासनपछि लामो समय राज्य सरकार सञ्चालन गर्नेमा चाम्लिङको सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) हो । एसडीएफले सिक्किममा २५ वर्ष शासन गरिसकेको छ । भारतीय लोकसभाका लागि एक सिट रहेको सिक्किममा विधानसभामा ३२ सिट छन् ।

अघिल्लो चुनावमा कडा टक्कर दिए पनि एसडीएफलाई पराजित गर्न नसकेको एसकेएम यसपल्ट सफल भएको छ । एसकेएम १७ सिटमा विजयी भएको छ भने एसडीएफ १५ सिटमा खुम्चिएको थियो । एसडिएफका १० जना विधायक भारतीय जनता पार्टीमा प्रदेश गरेपछि सिक्किमको प्रतिपक्ष पार्टी विजेपी बनेको छ ।

सन् २०१४ को चुनावमा एसकेएमले १० सिट जितेको थियो । त्यसमध्ये ७ विधायकलाई चाम्लिङले रातारात एसडीएफमा तानेका थिए ।

सन् १९९३ मा नरबहादुर भण्डारीको दल सिक्किम संग्राम परिषद्को सरकार हुँदा पवन चाम्लिङ संग्राम परिषद्बाटै मन्त्री बनेका थिए । तर चाम्लिङले भण्डारीको दलमा विद्रोह गरेर भण्डारीको १४ वर्षे सत्ता आफ्नो अधीनमा लिए ।

पछिल्लो चुनावमा पछि उस्तै घटनाक्रम विकसित भएको छ । पीएस गोले सन् २००९ मा पवन चाम्लिङ सरकारमा विधायक थिए । गोले दुईपटक मन्त्री र तीनपटक विधायक बनिसकेका छन् । विधायक भएलगत्तै चाम्लिङविरुद्ध विद्रोह गरेका गोले यसपटक भने पार भए ।

समयअनुसार जनताको अपेक्षा सम्बोधन गर्न नसक्नु, भ्रष्टाचार र विविध सामाजिक समस्या चाम्लिङ सरकार असफल हुँदै गएपछि गोको पार्टी सत्तामा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्