Logo

मनमोहन अस्पतालमा महिलाको मृत्यु, ६ लाखमा विवाद मिल्यो



फाइल तस्वीर

झापा, २८ फागुन । झापाको बिर्तामोड स्थित मनमोहन अस्पतालमा क्रसम्याच नगरी बिरामीलाई रगत दिँदा एक महिलाको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ ।

ज्यान्डिस भएर उपचारको क्रममा अस्पताल भर्ना भएकी २८ बर्षिया मुना राईको अस्पतालको लापरबाहीका कारण मृत्यु भएपछि तनाव उत्पन्न भएको हो ।

मृतक महिलाका श्रीमान आशिष राईले अस्पतालमा ब्लडबारे जानकारी नलिई रगत लगाइएका कारण मृत्यू भएको दावी गरेका छन् । पाँचथर याङवारक गाउँपालिका वडा नं. १ निवासी राईलाइ २४ गते अस्पताल भर्ना गरिएको थियो ।

उनको स्वस्थ्यमा धेरै सुधार आएपछि डिसर्चाजको समय भोलिको दिए पनि आज बिहान ५ बजे मृत्यु भएको उनका श्रीमानले जानकारी दिए । उनका अनुसार परिक्षण नगरी रगत दिएका कारणले राईको मृत्यु भएको हो । मृतक मुनाको ९ महिनाको सन्तान रहेको आशिषले जानकारी दिए ।

यसै विषयलाई लिएर अस्पतालमा सामान्य तनाव भइरहेको छ । घटनाबारे सत्यतथ्य खोजी गर्न अस्पताल प्रशासन, रेडक्रसका प्रतिनिधि र पीडित पक्षबिच भएको छलफलमा पिडित पक्षलाई छ लाख रुपैयाँ दिने निर्णय गरिएको नेपाली काँँग्रेसका जिल्ला सदस्य पोसराज कटुवालले बताए ।

छलफलमा अस्पताल प्रशासन, परिवारका सदस्य, नेकपाका बिर्तामोड नगर अध्यक्ष ज्ञानुराम प्रसाई, नेपाली काँग्रेसका नगर सभापति भोजराज सिटौला, नेपाल रेडक्रस शोसाइटीका झापा सभापति लोकराज ढकाल, नेपाल रेडक्रस शोसाइटी बिर्तामोडका सभापति शजेस शिवाकोटी लगायत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्