Logo

काँकरभिट्टा र जोगवनी बाहेकका सबै नाका बन्द गर्ने प्रदेस सरकारको तयारी



काँकरभिट्टामा कोरोना संक्रमण बिरुद्ध भएका कार्यको अनुगमन गर्दै मन्त्री कार्की

झापा, ६ चैत । आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्कीले जोगवनी र काँकरभिट्टा बाहेकका सबै सीमा नाका बन्द गर्ने तयारी भएको बताएका छन् ।

मन्त्री कार्कीले आज काँकरभिट्टा नाकामा कोरोना भाइरस संक्रमण हुन नदिन भएका कार्य तथा तयारीको अनुगमन गर्दै भारतसँग जोडिएको दुई नाका बाहेकबाट नाका बन्द गर्ने तयारी भएको बताएका हुन् ।

मन्त्री कार्कीले भोली शुक्रवार बस्ने प्रदेस क्याविनेट बैठकबाट दुई बाहेकका नाका बन्द गर्ने तयारी भएको बताए । उनले प्रदेस १ का साप्ताहिक र अर्धसाप्ताहिक रुपमा लाग्ने हाटबजार पनि बन्द गरिने बताए ।

मन्त्री कार्कीले मेची नगरले कोरोना संक्रमणका विरुद्ध गरेको तयारीलाई थप प्रभावकारी बनाउन प्रदेस सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले काँकारभिट्टा संवेशदनील नाका भएकाले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने उपकरण सहयोग गर्ने बताए । मन्त्री कार्कीले कोरोना संक्रमण बिरुद्ध लड्न सबै एक हुनु पर्नेमा जोड दिए ।

भारतबाट आउने व्यक्तिको ज्वरो परीक्षण गर्दै स्वास्थ्यकर्मी

मन्त्री कार्कीले काँकरभिट्टामा मेचीनगर नगरपालिकाले क्वारेन्टाइनका लागि तयारी गरिरहेको वडा नम्बर ७ सतिघट्टाको माइती नेपालको भवन र वडा नम्बर ११ धाइजनको नवनिर्मित स्वाथ्य चौकीको भवनको अवलोकन गरे । उनले मेचीनगरले आइसोलेसनका लागि तयारी गरिरहेको धुलाबारीको वर्थिङ सेन्टरको पनि अवलोकन गरे ।

मन्त्री कार्कीलाई कारोना भाइरस संक्रमण बिरुद्ध मेचीनगरले गरिरहेको तयारीका सम्बन्धमा नगर प्रमुअ बिमल आचार्य र उपप्रमुख मिना उप्रेतीले जानकारी गराएका थिए । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी राजेन्द्र पोखरेलले सीमा नाकामा भइरहेको परीक्षणका सम्बन्धमा जानकारी गराएका थिए ।

भारत जाने व्यक्तिको बिवरण संकलन गर्दै

प्रतिक्रिया दिनुहोस्