Logo

ट्राफिक प्रहरीमा नयाँ नियमः ज्वरो जाँच्ने र क्वारेन्टाइनमा बस्ने



काठमाडौँ, १९ चैत्र । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कार्यालय प्रवेश गर्ने प्रहरीको पिपिई पोसाक लगाएका स्वास्थ्यकर्मीले अनिर्वाय ज्वरो जाँच गर्ने भएका छन् । बिदामा बसेर फर्किउका ट्राफिक कर्मचारी १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ ।

ट्राफिक प्रहरी महाशाखाले कोरोना भाइरस संक्रमण हुन नदिन कार्यालयमा प्रवेश गर्ने ट्राफिक प्रहरीको थर्मल गन मार्फत आजबाट ज्वरो जाँच सुरु गरेको हो । महाशाखाले विदामा बसेर फर्किएका ट्राफिक प्रहरीले १४ दिन क्वारेन्टाइनमा बस्ने व्यवस्था यस अभिनै गरेको महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालक बताए । उनले भने, क्वारेन्टाइनक लागि २५ वेड तयारी गरिएको छ ।

महाशाखाले यसअघि नै कार्यालय प्रवेश गर्ने प्रहरी कर्मचारी र सेवाग्राहीलाई साबुन पानीले हात धुन लगाउने व्वस्था गरेको थियो । मातहतका ४४ वटै ट्राफिक कार्यालयमा नियमित हात धुने व्यवस्था मिलाएको महाशाखाले जनाएको छ ।

महाशाखाले प्राविधिकको सहयोगमा आफैं सेनिटाइजर उत्पादन गरी प्रत्येक ट्राफिक प्रहरीलाई सेनिटाइजरसँगै मास्क पनि वितरण गरिसकेको प्रवक्ता जिवनकुमार श्रेष्ठले जनाकारी दिए ।

ब्यारेकभित्रका ट्राफिक प्रहरीको सम्पूर्ण सुरक्षा व्यवस्थाको प्रबन्ध मिलाइएको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरिक्षक श्रेष्ठले बताए । ब्यारेकमा सुत्ने खाटको दुरी घटीमा एक मिटरको राख्ने व्यवस्था गरेको छ ।

त्यस्तै सबै ट्राफिक प्रहरीलाई ड्युटीपश्चात ब्यारेक हाताभित्र नै लकडाउन गरिएको छ । साथै ड्युटीमा कम्तिमा २ मिटरको दुरीमा नागरिकसँग सम्वाद गर्नु पर्ने व्यवस्था गरिएको छ ट्राफिक महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्