Logo

किसानको प्रश्नः सरकार गाईको दूध गाईलाई कहिलेसम्म खुवाउनु ?



झापा, १ वैशाख । लकडाउनका कारण उत्पदन भएका दूध बिक्री नहुँदा झापाको बुद्धशान्ती गाउँपालिकाका गाई पालक कृषक मारमा परेका छन । गाउँपालिकामा उत्पादित दूध बिक्री गर्न अर्को पालिकासम्म पुर्‍याउ लकडाउनले ढुवानीमा समस्या दूध बिक्रीमा समस्या भएको हो ।

दूध बिक्री नभएपछी मोहि बनाएर गाईलाई नै खुवाउन बाध्य भएको बताउँछन् बुद्धशान्ति वडा नम्बर ६ का भेटनरी प्राविधिक खगेन्द्र पौडेल । लकडाउनले गर्दा दुध बिकेन सक्दो खायो रहेको दूधलाई मोहि बनायो उनले भने घिउ राखो मोहि गाईलाई नै खुवायो के गर्नु अरु उपाय नै छैन ।

अर्का गाई पालक कृषक तथा पबित्रा गाई फमका संचालक दिननाथ काफ्ले झन ठूलो समस्यामा छन् । दैनिक ३०(३५ लिटर दूध उत्पादन गर्दै आएका काफ्ले उत्पादन गरेको दूध घरमा खपत गर्न नसकिने र व्यवस्थाप गर्न गाह्रो भएको बताउछन् । दूध बिक्री नभएपछी छर छिमेकलाई बाड्ने गरेको र रहेको दूधको खुवा बनाउदै व्यवस्थापन गर्दै आएको उनले बताए ।

एकातिर व्यवस्थापन गर्न समस्या अर्कातिर आम्दानी डमाडोल भएको भन्दै उनले दुखेसो पोखे । ू किस्ता तिर्नै गाह्रो भैसक्यो, उनले भने दूध बिक्दैन, गाईको दाना( ब्राण्डको भने दाम बढेको बढ्यै छ ।

काफ्लेले संचालन गरेको गाई फममा ९ वटा उन्नत जातका गाई छन् । उनले दैनिक ६० देखि ७० लिटर सम्म दूध उत्पाद्न गर्ने गरेको बताए । आम्दानी पनि राम्रै हुने गरेको तर यो लकडाउनले आफ्नो ब्यवसायमा ठूलो असर परेको उनले बताए । अत्यावश्यक र चाडै बिग्रने बस्तुमा स्थानीय सरकारले ढुवानी तथा व्यवस्थापनमा सहज बनाइदिए आफू यो व्यवसायबाट बिस्थापित हुन नपर्ने उनी बताउँछन् । नत्र लकडाउन अझ लम्बिए यो व्यवसाय छोड्न बाध्य हुने उनले बताए ।

बुद्धशान्ती ६ को शान्तिनगर दूध चिस्यान केन्द्रमा दैनिक ६ सय देखि ७ सय लिटर सम्म जम्मा गरेर एनएमसीमा पठाउने गरेपनि लकडाउनले ढुवानी तथा बिक्रीमा समस्या भएको केन्द्रका संचालक लीला पोख्रेलले बताए । लडाउन सुरु भएपछी दैनिक ५ लिटर भन्दा बढि दूध हुनेको मात्र लिने गरेको र दैनिक १ सय ५० देखि २ सय लिटरसम्म जम्मा गरेर पठाउने गरेको पोखेरले बताए ।

सरकारले लकडाउनलाइ अझ कडा परे सगै त्यति दूध पनि ढुवानिमा समस्या हुने गरेको उनले बताए । पुलिसले गाडी रोक्छ रे, ड्राइभर आउनै मान्दैन, यहाँ जम्मा गरेर मात्र के गर्नु उनले भने, पुलिसले गाडी रोकेकाले अहिले पनि करिब २ सय लिटर जति दूध यहि राख्न बाध्या छौँ ।

रिपोर्टिङको क्रममा त्यहा पुग्दा किसानबाट जम्मा गरेर राखेको लगभग दुई सय लिटर जति दूध ढुवानी हुन नसकेर अलपत्र स्थिति राखिएको थियो ।

त्यस पछि हामिले गाँउपालिका अध्यक्ष रमेश कुमार भुजेलसग सम्पर्क गर्दा बुद्धशान्ती गाउँपालिकामा डेरि उद्योग नभएकाले अन्य पालिकासँग समन्वय गर्नु पर्ने बाध्याता रहेको अध्यक्ष भुजेलले बताए । अन्य पालिकासँग कुरा गर्दा खपत नहुने भएकाले दूध लिन नमानेको भुजेलले बताए । उनले हालको स्थितीमा किसानलाई नै ब्यवस्थापन गर्न अनुरोध गरे । कतिपय गाडिलाइ गाउँपालिकाले पास दिएको र थोरै मात्रामा बाहिर ढुवानी हुने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्