Logo

असारे, बेसारे र जन्तरे कम्युनिस्टहरु



असारे भाका

रोप न रोप रोपारै नानी म पँज्याई दिउँला बीऊ
हलीलाई दिउँला एकराते दही बाउसेलाई दिउँला घीउ
असार मास छिप छिपे हिलो खै लाग्यो फालीमा
बुवालाई भनि भुरुल्ली काटेँ ओइलायो आलीमा ।

यतिखेर मध्य असार छ । मानो खाएर मुरी फलाउने महिना । किसान र तिनकै पैरवी गर्ने कम्युनिस्टहरुले यो महिनालाई विशेष श्रम उत्सवकारुपमा मनाउनु पर्ने हो । तर आजकाल असारे चटारो नेताहरुको मनोरञ्जन लिने ‘फेसन’ जस्तै भएको छ । सबैजसोको ध्यान ‘असारे विकास’को चटारोमा हुन्छ । गमलामा धान रोप्ने, हिलामा लिला मच्चाउने चाड जस्तै पनि बन्दै गएको छ । असारे गीतसंगै बेठी लगाएर रोपाइँ गर्ने चलन त भुसुक्कै भैगयो । यो आलेखमा असारे कम्युनिस्टहरु पतन भएर बेसारे र जन्तरे भएकोमा केन्द्रित हुनेछ ।

कम्युनिस्टको चित्रः
साधारण भाकामा कम्युनिस्टको चित्र यसरी दिन सकिन्छ । समानतावादी सिद्धान्त मान्ने कम्युनिस्ट विचारधाराका अनुयायी तथा कम्युनिस्ट पार्टीका अनुशासनमा रहेका सदस्यहरुलाई कम्युनिस्ट भनिन्छ । अर्को शब्दमा सामान्य, भूइँ मान्छेको पक्षपोषण गरी तिनको पक्षमा बहस पैरवी गर्ने, आन्दोलनको नेतृत्व गर्ने, र सर्वहारावादी कम्युनिस्ट व्यवस्थाको लक्ष लिइ काम गर्ने पार्टीका सदस्यहरु एवम साम्यवादी विचार राख्नेहरुलाई कम्युनिस्ट भनिन्छ । कम्युनिस्टको खास चित्र यस्तो हो ।

सामान्य, भूइँ मान्छेको पक्षपोषण गरी तिनको पक्षमा बहस पैरवी गर्ने, आन्दोलनको नेतृत्व गर्ने, र सर्वहारावादी कम्युनिस्ट व्यवस्थाको लक्ष लिइ काम गर्ने पार्टीका सदस्यहरु एवम साम्यवादी विचार राख्नेहरुलाई कम्युनिस्ट भनिन्छ । कम्युनिस्टको खास चित्र यस्तो हो । तर आजकाल कम्युनिस्ट पार्टीका सदस्यलाई मात्र कम्युनिस्ट भनिन्छ ।

तर आजकाल कम्युनिस्ट पार्टीका सदस्यलाई मात्र कम्युनिस्ट भनिन्छ । कम्युनिस्ट चरित्रसंग गोरु बेचेको साइनो पनि चाहिँदैन । उल्लेखित चित्र नभएपनि कम्युनिस्ट नामको पार्टीको सदस्य भयो भने उ खाँटी कम्युनिस्ट भै हाल्छ । यसर्थ यो आलेखमा नेपालका कम्युनिस्टको प्रकार छुट्याइएको छ, असारे, बेसारे र जन्तरेको रुपमा ।

असारको सारः
विक्रम सम्बत अनुसार वैशाख महिनादेखि गन्दै जाँदा आउने तेस्रो महिना जेठ पछि र साउनभन्दा पहिले आउने महिना असार हो । असारलाई आषाढ नाममा पनि प्रयोग गरिन्छ । असारलाई रोपाइको चापाचाप हुने र दही चिउरा खाने चाडको रुपमा पनि नेपाली शब्द कोसहरुले अथ्र्याएका छन् ।

असारे कम्युनिस्टः
अर्को असारको अर्थ सार नभएको, निस्सार, गुदी नभएको, खोक्रो भन्ने पनि लाग्छ । नेपालका सच्चा किसान र कम्युनिस्टहरु असारको पछिल्लो अर्थ जस्तै सार नभएको, निस्सार, गुदी नभएको, खोक्रोमा गनिन्छन् । जमिन जोत्ने किसान निर्वाहमुखी खेती गर्ने गँवार, सच्चा कम्युनिस्टहरु अव्यवहारिक, जडसूत्रवादी नाममा अपहेलित छन् ।

असारको अर्थ सार नभएको, निस्सार, गुदी नभएको, खोक्रो भन्ने पनि लाग्छ । नेपालका सच्चा किसान र कम्युनिस्टहरु असारको पछिल्लो अर्थ जस्तै सार नभएको, निस्सार, गुदी नभएको, खोक्रोमा गनिन्छन् । जमिन जोत्ने किसान निर्वाहमुखी खेती गर्ने गँवार, सच्चा कम्युनिस्टहरु अव्यवहारिक, जडसूत्रवादी नाममा अपहेलित छन् ।

यस्ता कम्युनिस्टलाई असारे कम्युनिस्ट भन्दा हुन्छ । संजोगले सिन्धुलीका ‘असारे काका’ (इश्वरी दाहाल) त्यस्तै कम्युनिस्ट हुन् । अहिले पनि उनी चरित्रले पूर्ण कम्युनिस्ट र आमूल परिवर्तनको लाइनमा छन् । असारे भाकाको किसानपक्षीय गीत गाउने गरेकाले उनको नाम नै कम्युनिस्ट आन्दोलनमा असारे काकाको नामले प्रख्यात भयो । त्यसो त असारे कम्युनिस्टहरु सबै कम्युनिस्ट पार्टीमा छन् । तर, डबल नेकपामा असारे कम्युनिस्ट सबैभन्दा बढी उत्पीडनमा परेका छन् ।

बेसारे कम्युनिस्टः
‘बेसार’को अर्को अर्थ हो कुनै सार नभएको, फोस्रो, काम नलाग्ने, बेकामे । ‘बेसारे’को अर्थ त झनै विरक्तलाग्दो छ । चिप्लो कुरा गरेर रिझाउन सिपालु, लोलोपोतो गर्न जान्ने, चेप्¥याँइ पार्न सक्ने चाप्लुसलाई बेसारे भनिन्छ । यस्तो बेसारे कम्युनिस्टहरु सत्तारुढ डबल नेकपामा भरमार छन् । त्यो पार्टीमा बेसारे चरित्र नभएकाहरुको तेजोबध भैराखेको छ ।

नेकपाको राजनीतिमा दीर्घ जिवन पाउने हो भने कसैले पनि त्यहाँ बेसारे हुनुको विकल्प छैन । सिद्धान्तमा खिया लागेपछि यस्तै बेसारे प्रवृत्तिको बिगबिगी हुन्छ । कोरोनाको एकमात्र दबाइ बेसार भने जस्तो केहि नलागेपछि समयसापेक्ष बेसारे हुनु बाध्यता पनि होला । नेतालाई पनि यस्तै बेसारे चरित्र मन पर्छ । नेताको जन्मदिन, विवाहउत्सवमा बेसारेहरुले शुभकामना टक्राएर आफ्नो दूनो सोझ्याउने उपक्रम गर्छन ।

सिद्धान्तमा खिया लागेपछि यस्तै बेसारे प्रवृत्तिको बिगबिगी हुन्छ । कोरोनाको एकमात्र दबाइ बेसार भने जस्तो केहि नलागेपछि समयसापेक्ष बेसारे हुनु बाध्यता पनि होला । नेतालाई पनि यस्तै बेसारे चरित्र मन पर्छ ।

जन्तरे कम्युनिस्टः
शब्द कोस अनुसार तन्त्रशास्त्रका विधिअनुसार रोग वा दोषनिवारक मन्त्र, मूर्ति, अङ्क आदि कागज वा भोजपत्रमा लेखि मन्त्रको उच्चारणसाथ धूप, दीप र पूजा आदि गरी सम्बन्धित व्यक्तिको घाँटी, पाखुरा आदि अङ्गमा बाँधिने बस्तु, बुटी जन्तर हो । भूत, प्रेत, रोगव्याधबाट बच्न प्रयोग गरिने तन्त्रमन्त्र भएको बस्तुलाई जन्तर–मन्तर भनिन्छ ।

हुनत भारतको राजधानी दिल्लीमा रहेको राजा मानसिंहद्वारा निर्मित -ग्रहगतिको ज्ञान गरिने यन्त्र भएको जन्तर–मन्तर पनि यहि नामले प्रचलित छ । तर, यहाँ दिल्लीको जन्तर–मन्तर प्रसंगवसमात्र आएको हो ।

यस प्रकारको जन्तर लगाउने, जन्तर मन्त्रनेलाई जन्तरे भनिन्छ । अर्को एकै बाबुबाट जन्मिएका छोराहरु मध्ये छैटौं, अन्तरेभन्दा पछिको, खन्तरेभन्दा अघिको सन्तानलाई पनि जन्तरे भनिन्छ । यहाँ छैटौं सन्तान जन्तरेको कथा झिक्न खोजिएको भने होइन । आजभोली जन्तरे सन्तानको जायजन्म भएको पनि सुनिन्न ।

कोरोनाको कहरबाट मुक्त गर्ने कथित बुटी खुलेआम लगाएर तीन सहर घुम्ने कम्युनिस्ट नेताहरु नै देखिएकोले तिनलाई जन्तरे कम्युनिस्ट भनिएको हो ।

कोरोनाको कहरबाट मुक्त गर्ने कथित बुटी खुलेआम लगाएर तीन सहर घुम्ने कम्युनिस्ट नेताहरु नै देखिएकोले तिनलाई जन्तरे कम्युनिस्ट भनिएको हो । सलह झैं बढेका बेसारे र जन्तरेहरुले कम्युनिस्ट आन्दोलनले लगाएको बाली पनि नस्ट गर्नेछन । त्यतिखेर अमेरिकी हेभि मेटल म्युजिक ब्याण्डको कन्सर्टले पनि बेसारे र जन्तरेलाई ‘कक्रक्क’ पार्न सक्ने छैन ।

रहलपहलः
असारे, बेसारे र जन्तरे कम्युनिस्टको यो महान बहसमा असारेहरु लाखापाखा लाग्ने निश्चित छ । असारेहरु यसैपनि सिलासाङ्ला भैसके । लोपोन्मुख, सिमान्तकृत र किनाराकृत हुने क्रममा छन् । कुनैपनि बेला बेसारे र जन्तरेको कार्यगत एकता वा मोर्चाबन्दी भयो भने जसको सम्भावना एकदमै बढी छ । त्यतिबेला कम्युनिस्ट आन्दोलन पनि कोरोनामय हुनेछ ।

सलह झैं बढेका बेसारे र जन्तरेहरुले कम्युनिस्ट आन्दोलनले लगाएको बाली पनि नस्ट गर्नेछन । त्यतिखेर अमेरिकी हेभि मेटल म्युजिक ब्याण्डको कन्सर्टले पनि बेसारे र जन्तरेलाई ‘कक्रक्क’ पार्न सक्ने छैन ।

प्रतिक्रिया दिनुहोस्