Logo

कुन अवस्थामा हुन्छ ‘अफ द रेकर्ड’ ?



राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राजधानीका ठूला मिडियाका ३० जना सम्पादकसँग अन्तरसम्वाद गरेको कुरा सम्पादकले सार्वजनिक गरे । तर, राष्ट्रपतिले  ‘ अफ द रेकर्ड भनेकाले के के विषयमा छलफल भयो भनेर कुनैपनि सम्पादकले समाचार लेखेनन् । सम्पादकले समाचार नेलेखे पनि भेट भएको कुरा सार्वजनिक गरे ।

पत्रकार आचारसंहितामा ‘अफ द रेकर्ड’ भनिएको कुरा प्रकाशन प्रसारण गर्न नमिल्ने भएकाले नलेखिएको कतिपय सम्पादकले प्रतिक्रिया दिएका छन् । तर, पत्रकारितामा ‘अफ द रेकर्ड’को अर्थ, आशय र यसको मक्सद के हो ? ‘अफ द रेकर्ड’ कुन अवस्थामा भनिने हो ? कस्तो अवस्थामा यसको पालना हुन्छ ? भन्ने बहस सुरु भएको छ । सञ्चार अध्ययेता भानुभक्त आचार्यले फेसबुकमा गरेको टिप्पणी निकै सान्दर्भिक भएकाले जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

पत्रकारितामा on the record, on background, not for attribution र off the record भन्ने शब्दावलीहरु प्रचलनमा छन् । On the record भन्नुको अर्थ सबै रेकर्ड गर्न योग्य । On background को अर्थ पृष्ठभूमिको जानकारीका लागि मात्रै । Not for attribution को अर्थ नाम भन्न नमिल्ने तर फलानो मन्त्रालयको यस्तो तहको व्यक्ति भनेर संकेत गर्न सकिने, उसले दिएका कुरा उल्लेख गर्न पाइने । Off the record को अर्थ स्रोतको नाम, उसको पद वा संलग्नता र उसले दिएको जानकारी समेत उल्लेख गर्न नपाइने ।

Off the record का आधारहरु:
१. वक्ताले आफूले कुनै कुरा भन्नुअघि आफू कुनै खास प्रसंगको कुरा सुनाउन चाहेको तर त्यो रेकर्ड नगर्ने (नलेख्ने, कुनै पनि उपकरणमा रेकर्ड नगर्ने र कही कतै त्यसबारे प्रकाशन÷प्रसारण नगर्ने सर्त मञ्जुर भएमा मात्रै) सर्तमा मात्रै भन्छु भन्छ।

२. त्यो सर्त सुनेपछि पत्रकारले “सर्त मान्छु” भन्छ भने मात्रै वक्ताले अफ द रेकर्ड कुरा अघि बढाउँछ । मान्दैन भने भन्दैन । पहिले कुरा भनिसकेर पछि अफ द रेकर्ड भन्न पाइन्न ।

३. पत्रकारले कुनै स्रोतबाट आउने सूचनालाई निम्न सर्तमा मात्रै अफ द रेकर्ड राख्नु पर्छः पहिलो, वक्ताले भनेका कुराले वक्तालाई तत्कालै भौतिक, आर्थिक वा मानसिक क्षति पुग्छ । दोस्रो, वक्ताले भन्न खोजेको सूचना महत्वपूर्ण छ र अफ द रेकर्ड भए पनि त्यो सुन्न आवश्यक छ, त्यसले वर्तमान सन्दर्भलाई अझ राम्ररी बुझ्न सकिन्छ भन्ने पत्रकारलाई लागेमा । तेस्रो, वक्ताले भनेका कुरा सार्वजनिक गर्दा समाजमा विग्रह आउँछ, हिंसा फैलिन्छ वा समाज भाँडिन्छ । यी अवस्थामा बाहेक वक्ताले दिएको अफ–द–रेकर्डको सर्त पत्रकारले अस्वीकार गर्नुपर्छ ।

राष्ट्रपति र सम्पादकहरुको हिजोको भेटघाट:
४. राष्ट्रपतिले हिजो कुराकानी कुराकानी माइसन्सारको पृष्ठभूमि जानकारी (https://www.mysansar.com/2020/07/41321/), अनलाइन खबरको टिप्पणी (https://www.onlinekhabar.com/2020/07/884438) र रिपोटर्स नेपालको भेटघाटकै सारसंक्षेप (https://www.reportersnepal.com/2020/07/454783) को जानकारी लिंदा र कतिपय सहभागी सम्पादकहरुका सार्वजनिक प्रतिक्रियाहरु सुन्दा लुकाउनु, छकाउनु पर्ने वा राष्ट्रपतिलाई कुनै अप्ठेरो पर्ने कुनै कुरा नरहेको बुझ्न सकिन्छ ।

५. राष्ट्रपति कार्यालयबाट पत्रकारलाई निम्तो गरेकै बेला वा कम्तिमा बैठक सुरु हुनुअघि यस्तो कारणले म मेरा कुरा भन्दैछु तर ती सार्वजनिक गर्न सक्दिन । यहाँ उपस्थित भएमध्ये कतिजना यो सर्त स्वीकार गर्न सक्नुहुन्छ, उहाँहरु वैठकमा बस्नुहोला, बाँकी बाहिर गइदिनुहोला भन्नु पथ्र्यो । त्यो भनिएको अवस्था छैन ।

६. यसर्थ, कार्यक्रमको अन्त्यसम्ममा सम्पादकहरुले सबै कुरा रेकर्ड गरिसकेपछि राष्ट्रपति कार्यालयले दिएको “अफ द रेकर्ड”को सर्त मान्छु भन्नु आफुसँग भएको अधिकार प्रयोग गर्न नसक्नु हो । यसर्थ, उहाँले भनिहाल्नु भो भनेर राष्ट्रपतिको पद र अनुहार हेरेर मोलाहिजा गर्ने बाहेक हिजोको बैठकमा भएको छलफलका सूचनाहरु लुकाउनु पर्ने कुनै आधार छैन ।

७. यस घटनाले राष्ट्रपति कार्यालयले आगामी भेटघाटमा बोलाउँदा यस्ता सर्त स्वीकारेर राष्ट्रपति कार्यालय जाने कि नजाने भन्ने विषयमा सम्पादकहरुले अर्थपूर्ण निर्णय लिन सहयोग गर्नेछ ।

References:
1. What does “off the record” really mean? https://www.nytimes.com/…/reade…/off-the-record-meaning.html
2. Off the Record: The Press, the Government, and the War over Anonymous Sources: https://www.amazon.com/Off-Record-Press-Govern…/…/0374224498
3. Why Dean Baquet Skipped The New York Times’ Meeting With Trump: https://www.buzzfeednews.com/…/why-dean-baquet-skipped-the-…
4: CAJ Ethics guidelines: https://caj.ca/ethics-guidelines
5. Getting to the Story: Unwriteable Discourse and Interpretive Practice in American Journalism: https://www.jstor.org/stable/pdf/3318382.pdf
6. NYU Journalism Handbook for Students: https://journalism.nyu.edu/…/nyu-journalism-handbook-for-s…/
7. SPJ Ethics Committee Position Papers
Anonymous Sources: https://www.spj.org/ethics-papers-anonymity.asp

प्रतिक्रिया दिनुहोस्