Logo

प्रदेश १ को झापा, मोरङ र सुनसरी संक्रमणको उच्च जोखिममा



इटहरी, १४ साउन । नेपाल सरकारले गत साउन ६ गतेबाट देशभर जारी भएको लकडाउन अन्त्य भएको घोषणा गरे संगै प्रदेश १ मा दैनिक कोरोना भाइरसको संक्रमण बढदै गएको छ । प्रदेश एक सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयले दिएको बिवरण अनुसार अहिले कोरोनाबाट संक्रमित हुनेको संख्या ९ सय ६६ पुगेको छ ।

प्रदेश १ मा संक्रमितको बिवरण हेर्ने हो भने महिलाको संख्या भन्दा पुरूषको संख्या ३ गुणा बढी देखिएको छ । संक्रमित मध्ये महिलाको संख्या १ सय ५३ रहेको छ भने पुरूषको संख्या ८ सय १३ रहेको छ ।

अहिलेसम्म कोरोनालाई जितेर घर फर्किएकाको संख्या प्रदेश १ मा ७ सय ४७ जना पुगेको छ । जसमा महिला १२६ र पुरुष ६ सय २१ रहेका छन । प्रदेश सरकारले झापा , मोरङ र सुनसरीलाइ कोरोनाबाट अति प्रभावित जिल्लाको रूपमा सूचिकृत गरी आवस्यकीय सचेतना जगाउन प्रदेशवासीमा अनुरोध गर्दै आएको छ ।

झापा सबै भन्दा बढी संक्रमित भएको जिल्ला हो । झापामा कोरोना भाइरसबाट मंगलवारसाँमा ३ सय ५१ पुगेको छ । यसैगरी मोरङमा २ सय ८३ र सुनसरीमा १ सय २५ रहेका छन् । यो बिवरण अझै बढन सक्ने सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा हालसम्म पीसीआर विधिबाट ४० हजार ८ सर ४१ जनाको परीक्षण गरिएको छ भने आरडीटी विधिबाट १९ हजार १ सय ५४ जनाको परीक्षण गरिएको सामाजिक बिकास मन्त्रालयले जानकारी दिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राइले समुदाय स्तरमा कोरोना भाइरस फैलिएको बताएका टन् ।

सामाजिक स्तरमा चेतनाको बृद्धि नहुनु, मास्क, सेनिटाइजर प्रयोग नहुनु र सामाजिक दुरी कायम नगरिनु संक्रमण बढनुको मुख्य कारण रहेको जनाइएको छ । संक्रमितको अवस्था हेरेर प्रदेशलाई कोरोना महामारीबाट जोगाउन प्रदेश सरकार क्रियाशील रहेको सामाजिक विकास मन्त्री जिवन घिमिरेले बताए । उनले प्रदेशमा कोरोना जोखिमलाई मध्यनजर गर्दै सरकारले आवश्यक परेको खण्डमा पुनः लकडाउन गर्न सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्