Logo

प्रचण्ड-नेपाल गठबन्धनः ओली समूहलाई के गर्ला ?



काठमाडौँ, २६ मंसिर । नेकपा भित्रको त्रिगुटीय अन्तरसंघर्ष दुई गुटमा रुपान्तरण भएको छ । पूर्व एमाले भित्र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री माधव नेपालको स्थायी प्रकृतिका दुई समूहका अतिरिक्त बामदेव गौतम, झलनाथ खनाल र ईश्वर पोखरेलको उपसमूह चल्दै आएका थिए । बामदेव कता लाग्छन् टुङ्गो नभएपनि झलनाथ मूलतः नेपाल समूहको र ईश्वर पोखरेल ओली समूहको सहायक समूहका रुपमा क्रियाशील रहेका थिए ।

त्यसो त पूर्व माओवादी भित्रपनि पुष्पकमल दाहाल प्रचण्ड र बैद्य समूहबाट फर्किएका रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठको उपसमूह सक्रिय थिए । माओवादी हुँदा डा. बाबुराम भट्टराई समूहका कतिपय नेता प्रचण्ड समूहमा समाहित भएभने कतिपय प्रचण्डको आलोचक कित्तामा उभिएका थिए । सरसर्ती हेर्दा गुट र उपगुटले भरिएका एमाले र माओवादी पार्टीबीच एकता भएको थियो । पूर्व एमालेमा समूहहरु संस्थागत थिए भने पूर्व माओवादीका समूह अलि अस्थिर प्रकृतिका थिए ।

तर, पार्टी एकता भएपछि भने नेकपामा ओली र प्रचण्ड समूह हावी भए । पार्टी एकतापछि नेपाल समूह किनारीकृत भयो । नवौं महाधिवेशनबाट किनारा लाग्दै गएका नेता नेपाल पार्टी एकता थप ओझेलमा परे । पार्टी एकतापछि उनको वरिष्ठ नेताको पद खोसेर झलनाथ खनाललाई दिइयो । नेपाल ओलीबाट पटकपटक अपमानित भए ।

नाकाबन्दीका समयमा प्रधानमन्त्री भएका ओलीले भारत र मोदीको खुला आलोचना गरेर राष्ट्रवादको नयाँ झण्डा उचाले । ओलीको नाकाबन्दी राष्ट्रवाद निर्वाचन विजयी बन्न बलियो आधार बन्यो । तर, दोस्रो पटकका लागि प्रधानमन्त्री बनेका ओली बिस्तारै आलोचनाको केन्द्र बने । पार्टी एकतापछि माधव नेपाललाई निर्मम तरिकाले पेलेर अघि बढेका ओली बिस्तारै प्रचण्डलाई पेल्न थाले ।

ओलीको धम्की र आश्वाशन
दोस्रो कार्यकालका लागि प्रधानमन्त्री भएका ओली पार्टी एकतापछि थप शक्तिसाली भए । उनले प्रचण्ड बाहेक अन्य नेतालाई खासै महत्व दिएनन् । कहिले प्रचण्डलाई, कहिले बामदेव गौतमलाई अफर कार्ड फालिरहे । प्रचण्ड, बामदेवपनि ती कार्यबाट बेला बेला प्रभावित भए ।

ओलीको उदारो आश्वासन समर्थन त पाए तर पार्टीमा विश्वार जित्न सकेनन् । र, पार्टी बाहिर सरकार तीब्र रुपले अलोकप्रिय हुन थाल्यो । पार्टीमा कार्यकारी भने पनि प्रचण्ड निरिह अध्यक्ष अर्थात दोस्रो दर्जाको अध्यक्ष जस्ता भए । प्रधानमन्त्री ओलीले एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा आफु एक नम्बर अध्यक्ष भएका दाबी गरे ।

ओलीको कार्यशैलीबाट आजित भएका प्रचण्ड ओलीको आलोचना गर्न थाले । प्रचण्डले आलोचन गर्न थालेपछि कहिले द्वन्द्वकालीन मुद्दा चलाएर हेग पूर्याउने त, कहिले लडाकूका लागि लगेको भुक्तानीको हिसाब खोज्न अख्तियार लगाउने जस्ता त्रास फैलाइरहे । त्यति मात्र होइन, ओली समूहले प्रचण्डलाई जनताको बहुदलीय जनवादको तरबार देखाएर सँधै निरीह जस्तो बनाए ।

माधव नेपाललाई पनि बालुवाटरको जग्गा काण्डमा मुच्छे धम्की दावाव दिइरहे । ओलीको पेलाईबाट आजित भएका माधव नेपाललाई प्रचण्ड रिसाउँदा जबजको तुरुप फ्याँक्थे । तर, ओलीको लागतारको पेलाइबाट आजित भएका प्रचण्ड र नोपल समूह अहिले एक ठाउँमा उभिएका छन् ।

ओलीका स्थायी आलोचक झलनाथ खनाल र ओलीबाट आश्वाशन पाएर पटकपटक धोका पाएर बामदेव गौतम पनि प्रचण्ड नेपाल समूहमा सामल भएका छन् । दुई समूह र दुई उपसमूह मिसिएर बनेको प्रचण्ड–नेपाल समूह अहिले निकै शक्तिसाली भएको छ ।

प्रधानमन्त्री ओली कहिले प्रचण्डलाई त कहिले माधव नेपाललाई प्रधानमन्त्री र अध्यक्षको अफर दिँदै आएका छन् । तर, ओलीका यी अफर प्रचण्ड र नेपालले अस्वीकार गरेकाले निस्काम सावित भएका छन् । प्रधानमन्त्री ओलीको नयाँ पुस्ताको प्रस्ताव, एमाले एमाले मिलौं जस्ता प्रस्ताव पनि अर्थहीन भएका छन् । ओलीका यी एजेण्डा खासै बहस हुन सकेन । न त यिनले पार्टी कार्यकर्ता र नागकिको ध्यान नै खिच्न सक्यो ।

नेकपा भित्र प्रचण्ड–नोपल समूह शक्तिसाली भएपछि ओली समूह गहिरो संकटमा परेको छ । ओलीको पार्टी विभाजनको धम्की र एजेण्डाले तत्काल नेता कार्यकर्ता तरङ्गीत हुन छाडेका छन् । उनले बेला बेला फ्याँक्ने नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको एजेण्डाले पनि नेता कार्यकर्तालाई विकल्प दिन सकेको छैन ।

ओलीको विकल्प
प्रधानमन्त्री ओलीका बहुविकल्प सकिँदै गएका छन् । उनका आश्वाशन र धम्कीको यन्धन सकिँदै गएको छ । ओली सरकार प्रतिदिन बद्नाम हुँदै गएको छ । ओलीसँग सरकार लोकप्रिय हुने र बनाउने कुनै एजेण्डा नै छैनन् । नागरिकले ओलीले केही गर्छन भन्ने आशा र भरोषा समाप्त भएको छ ।

नागरिकका अघि उनी निरीह प्रधानमन्त्री जस्ता सावित हुँदै गएका छन् । सरकारमा बसेर गर्न सक्ने केही नहुने र पार्टी नेतृत्वको आफ्नो विरुद्ध भएको अवस्थामा कि पार्टी र कि सरकार छाड्नु पर्ने प्रचण्ड नेपाल समूहको माग पूरा गर्नु मुख्य विकल्प बनेको छ ।

पार्टी बैठक टार्ने, घुर्की लगाउने, बैठकमा अनुपस्थित रहने कुराले ओलीलाई पार्टी र बाहिर थप कमजोर बनाएको छ । सुरुमा पार्टी बैठक बोलाउन नमानेका ओली अहिले बैठक बोलाउँदिन भन्न नसक्ने अवस्थामा छन् । उनी बिना पनि पार्टीका बैठक बस्न थालेको छ । केही महिना अघिसम्म एक्लो बाद्शाह जस्ता ओली अहिले पार्टी भित्र निरीह बन्दै गएका छन् । थाक्दै गल्दै आलीले एकदिन एकपद छाड्न बाध्य हुनेछन् । उनको रोजाईमा पार्टी अध्यक्ष भन्दा राजकीय पद प्रधानमन्त्रीनै प्रिय हुनेछ ।

प्रचण्ड–नेपाल समूहले ओलीलाई त्यो ठाउँमा पूर्याएनन् भने पार्टी र सरकार मात्र होइन, संघीयता नै संकटमा पर्ने खतरा छ । पार्टीको अस्तित्व, संविधानका उपलब्धी, नोपलको कम्युनिस्ट आन्दोलन जोगाउनपनि ओलीको विस्थापन आवश्यक हुने प्रचण्ड नेपाल समूहको निष्कर्ष छ ।

पार्टी कब्जाको राणनीति
प्रचण्ड–नेपाल समूहले ओलीलाई पार्टी अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक पदबाट विस्थापन गर्ने रणनीति लिएका छन् । त्यसपछि पार्टी महाधिवेशनबाट आफ्नो अनुकूलको नेतृत्व स्थापित गर्ने रणनीतिमा छन् । प्रचण्ड–नेपालको समूह पार्टी महाधिवेशमा विचार र नेतृत्व कब्जा गर्ने रणनीतिसहित अघि बढेको छ ।

प्रधानमन्त्री ओलीका अनेको ललीपप निस्प्रभावी हुनुले पनि प्रचण्ड–नेपाल समूह वारपारको रणनीतिमा छ । ओली समूहले विषेश कुनै रणनीति वा एक कदम पछि अट्ने र दुई कदम अघि बढ्ने रणनीति नलिए ओलीले महाधिवेशनपछि विसपित हुने नै छन् । उनी पछिको समूहपनि संकटमा पर्ने खतरा छ ।

प्रतिक्रिया दिनुहोस्