Logo

दुरुस्तै चित्र कोर्ने क्षमता भएका नुवाकोटका पवन



झापा, ३१ वैशाख । यतिबेला कोरोना त्रास सर्वत्र छाइरहेका बेला फुर्सदको समय कसरी कटाउने भन्ने अन्यौल छ । तर नुवाकोटका पवन प्याकुरेल भने यतिबेला चित्रकलामा व्यस्त छ्न् ।

नुवाकोटको विदुर नगरपालिका घर भएका उनी हाल काठमाडौँ बालाजु बसि पशु प्रजनन विषयमा स्नातकोत्तर अध्ययनरत छन् ।

तरुण माध्यमिक विद्यालय, बालाजुबाट प्रवेशिका परिक्षा उत्तीर्ण गरेका उनले मूल विषय कृषि लिई लमजुङ क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरे । सानै उमेरदेखि चित्रकलाका सौखिन पवनले हालसम्म २ सय भन्दा बढी चित्र बनाइ सकेका छन् ।

कोरोनाको दोश्रो लहर बिच पनि उनले कयौँ चित्र बनाइसकेका छ्न् । अहिले उनी काठमाडौँबाट गाउँ फर्किएका छ्न् । फुर्सद निक्लना साथ चित्र बनाइहाल्छ्न् । उनले मुख्यतः पेन्सिलर कलर पेन्सिल स्केच, वाल पेन्टिङ, ल्यान्डस्केप क्यान्भास पेन्टिङ, जल रंग पेन्टिङ हाल गर्दै आएको उनले बताए ।

उनी भन्छन्, ‘सबैलाई चित्रकला, चित्र र चित्रकारको महत्त्व बुझाउन सामाजिक संजालमा आफुले बनाएका चित्र पोस्ट गर्ने गरेको छु’ । १ हजार, ५ सय र १ सय नोटको मेरो चित्र एक समय भाइरल भएको थियो ।

शुभचिन्तकबाट आएका प्रतिक्रियाले अझ उत्प्रेरणा मिल्छ । जनमानसलाई चित्रकलाबारे बुझाएपछि अर्डर पनि बढ्न थालेको पवनको अनुभव छ । उनको आदिकवी भानुभक्त आचार्यको चित्र पनि सर्वाधिक चर्चामा छ ।

स्वअध्ययनबाटै चित्र बनाउन थालेका पवनले निरन्तरको लामो अभ्यासबाट नै आफू पोख्त बनेको सुनाउँछन् । सानैदेखि पवनले चित्र कोरेरै धेरै प्रतियोगितामा समेत उच्च स्थान ल्याइसकेका छ्न् । सानामा चित्र बनाउदा धेरै बिगारेको कथा सुनाउछ्न् तर अथक मेहनत र प्रयास पछि निरन्तर बनाउँदै जादा हात बस्यो, बानी पर्यो । उनी भन्छ्न् ‘अहिले मनको डर भाग्यो, धेरै जनाको बीचमा बनाउन कत्ति पनि संकोच लाग्दैन ।’ विभिन्न कार्यक्रममा आफुले निर्णायकको भुमिका समेत निर्वाह गरेको उनले बताए ।

उनले लकडाउनको फुर्सदको समयमा ईन्टरनेटमा अध्ययन गर्दै समयको रचनात्मक सदुपयोग गर्दैछ्न् । भन्छन्, ‘बाहिर निस्कने अवस्था नभएकाले चित्र कोर्दै घरमै दिन बित्छ ।’ लकडाउनकै अवधिमा पनि उनले कयौँ चित्र पनि बनाइसकेका छ्न् ।

आफू मरेर गए पनि आफुले बनाएका चित्रहरु घर र कार्यालयको भित्तामा सदैव जीवित रहने उनी बताउँछन् । पवनले चित्र बनाए बापत न्यूनतम १५ सयदेखि ५ हजार रुपैयाँसम्म मूल्य लिन्छन् । ‘कलाप्रेमीको मागअनुरूप बनाइरहेको छु,’ पवनले यतिबेला चित्रकलाबाट मनग्ये आम्दानी भइरहेको पनि बताए ।

विदेशमा जस्तो कलाका पारखी यहाँ अलि कम हुने गरेका कारण यसको अझ प्रचार हुन सके कलाले उचित स्थान पाउन सक्थ्यो भन्ने उनको ठम्याई छ । कोरोनाको दोश्रो लहर छाए संगै उनमा पनि कोभिड पोजेटिभ देखियो । तर उनले चित्र कोर्दै आत्मबल उच्च बनाएरै त्यसलाई परास्त पारे । भन्छ्न् ‘मेरो मनमा कतै त्रासको भाव आउदै आएन, आइसोलेसनमा बसेका बखत म चित्र कोर्नमै व्यस्त थिएँ’ । परिस्थिति जस्तो भए पनि मनस्थिति बलियो बनाए कोरोना जित्न सकिने उनी सल्लाह दिन्छ्न् ।

प्रतिक्रिया दिनुहोस्