Logo
  कार्तिक २, २०७८ मंगलबार

रातो मन नपराउने म…



नानी ! धेरै नबोल्नु है ।
सानै छदा नै मायाको नाममा आवाज दबाइयो,
अलिकति ठूली भए, धेरै कुरा लुकाइयो
तब सधैँ सोच्थिए के होला यो भनेको,
रगत बग्छ भन्ने थिए मैले सुनेको ।
त्यो अबोध बालक तर कैयौं प्रश्न,
सबै दबाइकन र्पथ्यो म बस्न ।
त एक दिन कतै मैले सुने,
पल्लो घरे काकीको सनतान नहुने ।
सोधे, आमा ! कसरी हुन्छ यस्तो ?
आजसम्म रगत आएको छैन रे नि उस्को ।
कता कता यो कुराले साह्रै घोच्यो,
सानै म तर दिमागले धेरै सोच्यो ।
आखिर रगत नबाग्दैमा कसरी ?
यो म जान्न थियो नि जसरी ।
पाठ्यक्रमको आधारमा जब थाहा पाए ।
पाप त र्बदान रहेछ कुरा यो मनमा आए ।
सानै देखी टाढा राखीयो कुरा गर्न किन ?
आमा बन्न सकिन्न रहेछ नि महिनावारी बिना ।
सुनुको केही समय त धेरै डर लाग्यो,
किशोरी थिए, थिएन महिनावारी भाको ।

…………

त्यो दिन म बेन्चमा थिए
केही छुट्टै मैले महसुस लिए,
हल्का दुखाई, केही आए झै भयो
पहिलो पल्ट म बाट रगत गयो ।
मनबाट आवाज आयो,
अब म त्यही सानी नानी होइन ।
धेरै खुसी थिए, अहँ म रोइन,
खासै रातो मन नपराउने म
त्यो रङ्ग मेरो लागी इन्द्रेणी झैँ बन्यो ।
सतरङ्गी आकाश,
मानौ खुसीको लहर,
विजयको प्रतिक,
मेरो पूर्णताको संकेत ।।

कवियात्री मनकामना कलेज बिर्तामोडमा कक्षा-१२ मा कानुन संकायमा अध्ययनरहत विद्यार्थी हुन् ।

प्रतिक्रिया दिनुहोस्