Logo

चीनमा कोरोना सङ्क्रमितको संख्या बढ्दै



बेइजिङ, २६ फागुन । चीनमा पछिल्ला केही दिनयता कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्न थालेको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीले पछिल्ला केही हप्तामा यो सङ्ख्या बढेको बताएका हुन् । यहाँ थप संख्यामा कोरोना भाइरसका सङ्क्रमित भेटिन थालेको बताइएको छ ।

चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनभित्रै पनि संक्रमणका थप व्यक्ति भेटिएका हुन् । चीनका विभिन्न सहरमा बुधबार मात्र कोरोना भाइरसका ४०२ जना नयाँ सङ्क्रमित देखिएका हुन् ।

अघिल्लो दिन अर्थात् मङ्गलबार यहाँ २३३ जना सङ्क्रमित पाइएकामा बुधबार ४०२ पुगेको हो । चीनभित्रै पनि यी सङ्क्रमित बढ्न थालेका समाचारमा जनाइएको हो । यहाँका जिलिन, सांदोन, सान्सी प्रान्तका केही स्थानमा सङ्क्रमित पाइएका हुन् । यसमध्ये सबैभन्दा बढी जिलिनमा छन् । जिलिनमा मात्र १६५ जना सङ्क्रमित पाइएको बताइएको छ ।

चीनमा पछिल्लो समयमा सङ्क्रमित भेटिन थालेपछि यहाँको सरकारले कोरोनाबाट निको भएका नागरिकमा पनि पुनःस्वास्थ्य जाँच गर्न सुरु गरेको छ । यहाँका सबैजसो नागरिकालाई कोरोना पुनःहुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले नागरिकको निरन्तर परीक्षण गरिरहेको बताइएको छ ।

यहाँ बुधबारसम्ममा चार हजार ६०० भन्दाबढी नागरिक कोरोना सङ्क्रमित भइ उपचार गराइरहेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्