Logo

युक्रेनमा जैविक हतियार गरेको रुसको आरोप अमेरिकाद्वारा अस्वीकार



अमेरिका, २६ फागुन (एएनआई) । युक्रेनमा अमेरिकी अनुदानमा रसायनिक र जैविक हतियार तयार गरिरहेको रुसको आरोप अमेरिकाले अस्वीकार गरेको छ । सो आरोप अस्वीकार गर्दै अमेरिकी विदेश मन्त्रालयले बुधबार क्रेमलिनले पूर्वीयुरोपेली क्षेत्रमा यस्ता गैरकानूनी गतिविधिबारे झूट फैलाएको बताएको छ ।

रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले बुधबार युक्रेनी प्रयोगशालाका कर्मचारीले प्लेग, एन्थ्राक्स, हैजा र अन्य घातक रोगका खतरनाक रोगजनक जीवाणु फैलाएको बताएका थिए । “क्रेमलिनले जानाजानी संयुक्त राज्य अमेरिका र युक्रेनले युक्रेनमा रासायनिक र जैविक हतियारका गतिविधि सञ्चालन गरिरहेको छ भन्ने स्पष्ट झूट फैलाइरहेको छ ।

त्यसैगरी चीनका अधिकारीले पनि यी षड्यन्त्र सिद्धान्त प्रतिध्वनित गरेको अमेरिकी विदेश मन्त्रालयले बताएको छ । अमेरिकाको विदेश मन्त्रालयले “यो रूसी विकृति पूर्णतया बकवास हो र रसियाले अर्को देश विरुद्ध यस्तो झूटा दावी आविष्कार गरेको पहिलो पटक होइन र यस्ता दावीहरू धेरै पटक खारेज गरिएका छन्,” भनेको छ ।

प्रतिक्रिया दिनुहोस्