Logo

सेन्चुरी बैंकको भिमसेनगोलामा नयाँ शाखा बिस्तार



काठमाडौँ, २६ फागुन । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले भिमसेनगोलामा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकका संचालक समिति सदस्य प्रा.डा. गीता प्रधानले बिहिबार बैंकको १२९औं शाखाकोे उद्घाटन गरेकी हुन् ।

बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, संचालक मनबहादुर राई, सुनिल न्यौपाने, कायमुकायम प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलगायत स्थानीयबासीबीच उपत्यकाको २६ औं शाखा उद्घाटन भएको हो ।

देशका विभिन्न स्थानमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टर संचालन गर्दै आएको छ । बैंकको कुल शाखा संख्या १२९पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २६ शाखारहित बैंकिङ्ग र ११३ वटा एटिएम संचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्