Logo

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरण हुन सक्ने



काठमाडोँ, २७ फागुन । नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको सात दशकपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारदेखि औपचारिक रूपमै देशको दोस्रो सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ ।

उक्त विमानस्थलमा अबको ४२ दिनपछि अन्तर्राष्ट्रिय उडान–अवतरण हुन सक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । समस्याग्रस्त अवस्थामा रहेको गौतम बुद्ध विमानस्थलको स्तरोन्नतिपछिको उपलब्धिले बिहीबारदेखि प्राधिकरणको इतिहासमा नयाँ उचाइ थपिएको छ । यो विमानस्थल सञ्चालनको तयारी राष्ट्रिय गौरवका अन्य आयोजनाको प्रगतिमा समेत उदाहरणीय बन्ने देखिन्छ ।

प्राधिकरणले बिहीबार आफ्नो वेबसाइटमार्फत एरोनटिकल पब्लिकेसन इन्फर्मेसन (एआइपी) सार्वजनिक गरेसँगै उक्त विमानस्थलमा अवतरण हुने जहाजले सहजै अनुमति पाउने भएका छन् । सो एआइपीकै आधारमा अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूले आफ्ना जहाजमार्फत भैरहवामा व्यावसायिक उडान भर्न ध्यानाकर्षण गराएका छन् ।

विमानस्थलको समग्र अवस्थाबारे पूर्ण जानकारी समेटेर सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख गरिएका तथ्यांकका आधारमा हवाई कम्पनीहरूले आफ्नो जहाज त्यहाँ उडान तथा अवतरण गर्न सक्नेनसक्नेबारे जानकारी पाएका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्