Logo

भारतको पञ्जावमा आम आद्मी पार्टीलाई तीन चौथाइ मत



चण्डीगढ, २६ फागुन (एएनआई) । भारतको पञ्जाव राज्यमा आम आद्मी पार्टी (एएपी)ले तीन चौथाइ मत प्राप्त गरेको छ । विधानसभाका लागि भएको निर्वाचनमा अत्यधिक मत पाएसँगै पञ्जाव प्रदेशको सरकार आम आद्मीले नै बनाउने भएको छ ।

न्यून आय भएका र मध्यम वर्गीय व्यक्तिहरूले आम आद्मीलाई मन पराएको पाइएको र आम आद्मीले चमत्कार गरेको टिप्पणी भएको छ । कूल ११७ प्रदेशसभा सदस्यमध्ये ९२ मा आम आद्मीले जित हासिल गरेको छ । कँग्रेसले १८ स्थानमा, जिवेपीले २ स्थानमा, अकाली दलले ४ र अन्यले १ स्थानमा जतेको छ ।

अत्यधिक मत ल्याएकाले आम आद्मी पार्टीले भगवन्त मानलाई मुख्य मन्त्री बनाउने भएको छ । उनलाई पार्टीले निर्वाचन अगाडि नै मुख्यमन्त्रीको उम्मेदवारको रूपमा अगाडि सारेको थियो ।

प्रतिक्रिया दिनुहोस्