Logo

सेन्चुरी बैंकको ११औं वार्षिकोत्सव



काठमाडौँ, २७ फागुन । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड ११औं वार्षिकोत्सव सम्पन्न गरेको छ । बैंकको केन्द्रीय कार्यालय पुतलीसडकमा बिहिबार वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले सेन्चुरी बैंक गुणस्तरीय बैंकको रुपमा स्थापित भएको बताए । उनले ११ वर्ष अघि सरल बैंकिङ्ग सबैंका लागि भन्ने नाराका साथ स्थापित बैंक पूँजी, व्यवसाय वृद्धि, शाखा सञ्जाल, रोजगारी सिर्जनालगायत हिसावमा ठूलो र मजबुद बैंक बनेकोे बताए । उनले बैंकले आगामी दिनमा गुणस्तरिय सेवा प्रदान गर्ने बताए ।

बैंकको चुक्तापूँजी २ अर्बबाट ९ अर्ब ५५ करोड, निक्षेप परिचालन १ अर्ब ३५ करोडबाट ९२ अर्ब ५७ करोड, ऋण प्रवाह १ अर्ब १८ करोडबाट ८८ अर्ब ५९ करोडभन्दा बढी पुगेको छ । स्थापना कालमा ४४ जना कर्मचारीबाट एघार सयभन्दा बढी कर्मचारी संख्या पुगेको छ । अध्यक्ष श्रेष्ठले बैकले शेयर धनी, कर्मचारी, नियमनकारी निकायलगायत सबै सरोकारवालाको रोजाइको बैंक बनाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उनले बैंक स्थापनाकाल र यस बैंकलाई यहाँसम्मल्याउन अतुलनीय योगदान गर्ने सबैमा धन्यवाद व्यक्त गरे ।

सामाजिक उत्तरुदायित्व अन्तर्गत बैंकका अध्यक्ष श्रेष्ठले ४ लाख २ हजार मूल्यको आँखा उपचारमा प्रयोग हुने Anterior Vitrectomy Machine उपकरणका लागि Lumbini Eye Institute का व्यवस्थापन समितिका अध्यक्ष सागरप्रताप राणा हस्तान्तरण गरे । अध्यक्ष श्रेष्ठले गोविन्द मेमोेरियल एकाडेमी दिङ्ला भोजपुरका विद्यार्थीको खानेपानी व्यवस्थापनका लागि पाइप खरिदका निम्ति संस्थाका अध्यक्ष डा. सुरेश बस्नेतलाई एक लाख सहयोग रकम हस्तान्तर गरे ।

यसैगरी बैंकले भोजपुर नगरपालिकामा आयोजित डा. भगवान कोइराला लगायत ५० जनाभन्दा बढी चिकित्सक संलग्न हुने स्वास्थ्य शिविर कार्यक्रमका लागि ५० हजार रुपैयाँ र नेपाल रेडक्रस सोसाईटी कमलामाई सिन्धुलीले गरिव तथा विपन्न वर्गका लागि स्वास्थ्य सेवामा सहयोग गर्न स्थापना गर्ने स्वास्थ्य सेवा कोषका लािग एक लाख सहयोग प्रदान गरेको छ । बैंकले बिहिबार नै वार्षिकत्सोवको अवसरमा काठमाडौँको भिमसेना गोलामा नयाँ शाखाको उद्घाटन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्