Logo

प्रधानमन्त्रीले निर्माण व्यवसायीलाई भने, ‘एमसिसीबाट फाइदा लिनुहोस्’



काठमाडौँ, २७ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट पारित भएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताबाट फाइदा लिन निर्माण व्यवसायी महासङ्घलगायत निजी क्षेत्रका सङ्घ संस्थालाई सुझाव दिएका छन् ।

नेपाल निर्माण व्यवसायी महासङ्घको २३ औँ साधारण सभा एवं १२ औँ अधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले एमसिसी परियोजनाअन्तर्गत अन्तर्राष्ट्रिय प्रतिस्पर्धा ‘ग्लोबल टेण्डर’ हुने भएकाले त्यसमा सहभागिताका लागि आग्रह गरेका छन् । उनले नेपालका व्यवसायीले पनि प्रतिस्पर्धामा सहभागी आग्रह गरे । उनले भने, हामी सबैभन्दा बढी खुसी हुन्छौँ । ग्लोबल टेण्डर हुँदा जुनसुकै मुलुकका निर्माण व्यवसायीले प्रतिस्पर्धामा सहभागी हुन पाउने छन् । चीन, भारतलगायत अन्य मुलुकले पनि सहभागी हुन सक्नेछन् ।”

निर्माण व्यवसायीको मागबमोजिम नै निर्माण उद्योगलाई समृद्ध बनाउन सार्वजनिक खरिद नियमावलीको एघारौँ संशोधन मन्त्रिपरिषद्ले पारित गरेको बताए ।

मुलुकको विकासमा निर्माण व्यवसायीले गरेको योगदानको प्रशंसा गर्दै उनले भने, “गुणस्तरीय निर्माण उद्योग निर्माणका लागि व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्न सरकार तयार छ । समस्याको नीतिगत प्रक्रियाबाट समाधान गरिन्छ ।”

प्रधानमन्त्री देउवाले स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न पनि महासङ्घलाई सुझाव दिए । सो अवसरमा प्रधानमन्त्री देउवाले महासङ्घको मुखपत्र निर्माण विशेषाङ्क विमोचन गरे ।

कार्यक्रममा उनले निर्माण उद्योगको विकास विस्तारमा उल्लेखनीय सहयोग पु¥याएबापत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको निर्माण व्यवसाय प्रवद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिका अध्यक्ष केशव शर्मालाई सम्मान पनि गरे ।

प्रतिक्रिया दिनुहोस्