Logo

कमल थापाले छोडेपछि पार्टी बलियो बन्यो: लिङ्देन



सुर्खेत, २८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापाले पार्टी परित्याग गरेर राप्रपालाई थप बलियो बनाउन मद्दत गरेको बताएका छन् ।

सुर्खेत विमानस्थलमा शनिबार पत्रकारहरुसँग कुरा गर्दै उनले उनले भने,’उहाँले पार्टी छोड्दा राप्रपा थप बलियो बनेको छ । अझ बलियो शक्तिका रुपमा बदल्ने संकल्पका साथ अघि बढ्ने प्रेरण मिलेको छ । यस्ले पार्टीलाई क्षति पुर्‍याएको छैन् ।’

साथै उनले आगामी वैशाख ३० को स्थानीय तहको निर्वाचनलाई राप्रपाले शक्ति प्रदर्शन गर्ने माध्यामका रुपमा लिएको पनि बताए । ‘राप्रपाको शक्ति कति छ? भन्ने स्थानीय तहको निर्वाचनमा थाहा हुन्छ’ उनले भने, ‘अब जुन ठाउँमा राप्रपाले जित्छ, त्यही ठाउँबाट फरक खालको राजनीतिक संस्कार बसाल्छ ।’

प्रतिक्रिया दिनुहोस्