Logo

आफ्नै तागतमा निर्वाचन जित्ने कुरा पार्टीकाे प्राथमिकतामा : प्रचण्ड



नुवाकोट, २८ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो स्थानीय तहको चुनावमा आफ्नै तागतमा निर्वाचन जित्ने कुरालाई पार्टीले प्राथमिकतामा राखेको बताएका छन् ।

नुवाकोटमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले गठबन्धनका दलहरुबीच तालमेलको कुरालाई स्वीकार गर्ने तर पहिलो प्राथामिकता आफ्नै खुट्टामा उभिएर निर्वाचन जित्ने प्रयास हुने बताए ।

उनले गठबन्धनका दलहरु बाहेक चुनावी तालमेल नगर्ने बताए । उनले आफ्नो पार्टीले चुनावको कार्यक्रम, नीति र योजना बनाउने काम गरिरहेको भन्दै अहिले पार्टीको सबै ध्यान स्थानीय तहको चुनावमा केन्द्रित रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्