Logo

मेचीनगरमा खोज पत्रकारिता तालिम सम्पन्न



 

मेचीनगर, ८ चैत । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा स्थानीय सरकारका सवालमा दुई दिने खोज पत्रकारिता प्रशिक्षण सोमबार मेचीनगरमा सम्पन्न भएको छ ।

मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा आयोजित उक्त तालिममा मेचीनगर नगरपालिका, विर्तामोड नगरपालिका र बुद्धशान्ति गाउँपालिकाका ३५ जना पत्रकार सहभागी रहेका थिए ।

उक्त दुई दिने तालिमको सहजीकरण खोज पत्रकार तथा सम्पादक मोहन मैनालीले गरेका थिए ।

प्रशिक्षक मैनालीले खोज पत्रकारिता गर्ने विधि र स्थानीय सरकारका सवालहरुको बारेमा प्रशिक्षण दिएका थिए । उनले पत्रकार दृढ इच्छाशक्ति भएको, अध्ययनशील र खोज अनुसन्धान गर्नसक्ने हुनुपर्नेमा जोड दिए ।

उक्त प्रशिक्षण समापन समारोहमा सहभागीहरु मध्ये रीता दाहाल, अनिता विष्ट, खगेन्द्र घिमिरे र दिलिप थापाले आ-आफ्ना सिकाई अनुभूति राखेका थिए ।

पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको समापन समारोहमा प्रेस चौतारीका केन्द्रीय सदस्य अम्बिका भण्डारी, महासंघ झापाका उपाध्यक्ष सुशिला संग्रौला लगायतले आ-आफना धारणा राखेका थिए ।

उक्त समापन समारोहमा महासंघ झापाका पूर्व अध्यक्ष मोहन काजी न्यौपाने, नारी सञ्चार गृह झापाका अध्यक्ष भिमा शिवाकोटी लगायतको आतिथ्य रहेको थियो ।

पत्रकार महासंघ झापाका सदस्य स्वस्तिका आचार्यले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन सह-सचिव अर्जुन राजवंशीले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्